सम्पादकीय ः- परिक्षा मात्रै अनुगमन !

“विद्यार्थीले वर्षभरी पढ्यो कि पढेन् ? किताव समयमा पायो कि पाएन ? शिक्षकले कोर्स पुरा गरेकी गरेनन् ? भन्ने कुराको अनुगमन कसले गर्ने ? वर्षभरी पढाईमा ध्यान नदिने परिक्षा अवधीमा गरिने हुलकाहुल अनुगमन टाेलीले बाल मस्तिष्कमा डर, त्रास मात्रै सिर्जना गरेको हुन्छ ।

 

प्रवीर ददेल  ।

यस वर्षको एसईई परिक्षा सुरु भएको छ । चैत १० गते देखी सुरु भएको एसईई परिक्षामा रुकुम पश्चिम र पूर्वबाट ५ हजार ३ सय ६१ जना विद्यार्थी सहभागि भएका छन् ।
रुकुम पश्चिमबाट मात्रै ४ हजार २ सय ८५ विद्यार्थी सहभागि रहेका छन् । भने रुकुम पूर्वबाट १ हजार ५९ जना विद्यार्थी सहभागी रहेका छन् ।
एसईई परिक्षा सुरु हुन महिना दिन अघि देखी नै परिक्षालाई मर्यादित बनाउने भन्दै तामझामका साथ गोष्ठी अन्तरक्रिया हुने गरेका छन् । परिक्षा अवधीमा पनि परिक्षा अनुगमनको नाममा हुलका हुल मान्छे प्रवेश गर्ने प्रचलन यथावत छ । जसले बाल मनिस्थितिमा ठुलो असर गरिरहेको हुन्छ । उनीहरुले जानेका कुरा समेत लेख्न नसक्ने र डराउने हुनसक्छ । यसो भन्दै गर्दा परिक्षालाई मर्यादित बनाउनु हुँदैन भन्ने होईन् ।

परिक्षा मर्यादित बनाउनै पर्दछ । तर परिक्षा अवधिमा गरीने अनुगमनका नामलाई व्यवस्थित गरिनै पर्दछ । जबकी हामीले गरिने अनुगमनले विद्यार्थीलाई डर र त्रास सिर्जना नहोस् ।

विद्यार्थीले वर्षभरी पढ्यो कि पढेन् ? किताव समयमा पायो कि पाएन ? शिक्षकले कोर्स पुरा गरेकी गरेनन् ? भन्ने कुराको अनुगमन गर्ने निकाय बन्नु पदैन ? वर्षभरी पढाईमा ध्यान नदिने परिक्षा अवधीमा गरिने अनुगमनले विद्यार्थीलाई त्रास मात्र सिर्जना गरेको हुन्छ ।
त्यस्तै विद्यार्थीले वर्षभरी पढ्यो कि पढेन् ? किताव समयमा पायो कि पाएन ? शिक्षकले कोर्स पुरा गरेकी गरेनन् ? भन्ने कुराको समेत अनुगमन निकाय बन्नु पदैन् । परिक्षा अनुगमन मात्रै गरेर केही हुँदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *