डरलाग्दाे अनुगमन !

बिनाराम खड्का रुकुम ।
सेल्फी हान्दै, लाइन लाग्दै, अनुगमन टोली
लावालश्कर, फोटा खिच्दै, घुम्छन आजभोलि
बर्ष भरि, पढाइ हुँदा, पाइला टेक्नु छैन
अनुगमन, भन्ने नाटक, अझै हट्ने भैन ।
पल्लो ढोका, वल्लो ढोका, आँखा मराकमुरुक
छातीभरी, बडेमानका, बिल्ला फराकफुरुक
भित्र बाहिर, ओहोर दोहोर, खुट्टा टराकटुरुक
लेख्न खोज्ने, परीक्षार्थी, डरले बराकबुरुक ।
रहर पनि, कस्तो हरे, ठूला साना उस्तै
नेतादेखि, कर्मचारी, शिक्षाकर्मी त्यस्तै
झलाकझुलुक, झुल्किएर, के हुने हो त्यहाँ
ध्यान के हो, लक्ष्य के हो, भोलि पुग्ने कहाँ ?
साभार बिनाराम खड्काकाे फेसबुकबाट

