बिरेन्द्रको ‘भेरी नदि सलल’ बिमोचन
दिवश पोखरेल
चैत ९, रुकुम । रुकुम पश्चिमको चौरजहारीमा आज एक कार्यक्रमका ‘भेरी नदि सलल’ वोलको दोहरी गीत विमोचन गरीएको छ ।
गायक विरेन्द्र सोनी र शान्तिश्री परियारको आवाज रहेको उक्त गीतको विमोचन चौरजहारी नगरपालिका उप प्रमुख राधा रोकाले गरेकी हुन् ।
कार्यक्रममा वोल्दै उप प्रमुख रोकाले गीतले स्थानिय कला संस्कतिलाई समेटको भन्दै गायक गायिकलाई वधाई तथा शुभकाना व्यक्त गरेकी छिन् ।
गायक द्वय विरेन्द्र सोनी शान्तिश्री परियार र शव्द संगीत आयुष विसीले गीतमा यस क्षेत्रको कला संस्कृतिको संरक्षण तथा भेरी नदिको चर्चा गरेर पर्यटन प्रर्वद्धनमा टेवा पुरयाउने विश्वास आफुले लिएको भन्दै प्रगतिको शुभकामना व्यक्त उप प्रमुख रोकाले बताईन् ।
कार्यक्रममा चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज वरिष्ठ उपाध्यक्ष यदुकुमार आचार्य लगाएतका अतिथीहरुले उक्त गीतको प्रसंसा गरेका थिए । चौरजहारी नगरपालिकाको सेरोफेरोलाई समेटेर गाईएको अडियो गीतको छिटटै भिडियो छायांकन पनि गरीने गायक विरेन्द्र सोनीले जानकारी दिएका छन् ।
नेपाल लोकदोहरी प्रतिस्ठान कर्णाली प्रदेश सदस्य एलवी कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सरस्वती एडभान्स विद्यालय चौरजहारीका प्रशासक गोपाल लामिछानेले गरेका थिए ।
कार्यक्रम द चौरजहारी होटेलको सभाहलमा भएको थियो ।

