चाैरजहारीका  प्रधानाध्यापककाे  भेला

गोपालसिंह खड्का
चैत ८, रुकुम (रेखदेख)
रुकुम पश्चिम चौरजहारी नगरपालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला सम्पन्न भएको छ । शुक्रवार चौरजहारी नगरपालिका क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकको भेला भएको हो ।
भेलाले नगरस्तरीय बार्षिक परीक्षा सञ्चालनलाई मर्या्दित व्यवस्थित बनाउन आचार संहिता लागु गरेको छ । यसका साथै केन्द्राध्यक्ष र सुपरिवेक्षक नियुक्ति गर्ने, शैक्षिक २०७६को बार्षिक क्यालेन्डर निर्माण आगामी शैक्षिक शत्रको विदा सम्बन्धित निर्णय भेलाले गरेको छ । आगामी २५ गते कक्षा १देखि९सम्मको नतिजा प्रकाशन २८ गते बार्षिक परीक्षा ,बार्षिक कार्यक्रमको समीक्षा आगमी शैक्षिक सत्रको योजना तर्जुमा हिमालय मा. वि. खोलागाँउमा गर्ने समेत निर्यण गरेको छ ।

शितल मा. वि. चौरजहारीका प्राचार्य गणेशप्रसाद रिजालको अध्यक्षयतामा भएको भेलामा चौरजहारी उपमेयर राधा रोका चौरजहारी शिक्षक महासंघ अध्यक्ष भिमबहादुर ओली नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्य लगाएत नगर क्षेत्रभित्रका ४८ जना प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन स्रोत व्यक्ति गोपाल पोख्रेलले गरेका थिए ।

चाैरजहारी नगरपालिका वडानं.२मा रहेकाे आधारभुत विद्यालय विजयश्वरीकाे हलमा चाैरजहारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा चाैरजहारीकाे आयोजमा  भेला भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *