मदिरा पसलमा लाग्याे सिलवन्दी !

रेखदेख संवाददाता
फागुन १६, रुकुम ।
स्थानीय सरकारको निर्णयलाई अटेर गरेको भन्दै मदिरा पसललाई सिलवन्दी गरिएको छ । मुसीकोट नगरपालिका १ सल्ले स्थित पिके इन्टरप्राइजेजमा बिहीबार साझ करिब साढे ७ बजे मुसीकोट नगरपालिकाको रोहबरमा मदिरा पसल सिलवन्दी गरीएको हो ।
गत माघ ५ गते बसेको स्थानीय सरकारले फागुन १६ गते देखी रुकुममा मदिरा उत्पादन, वितरण र सेवनमा प्रतिवन्द्ध गर्ने निर्णय गरेको थियो ।
स्थानीय सरकारले मदिरा रोक्ने अभियानलाई अटेर गरेको भन्दै पिके इन्टरप्राइजेजलाई सिलवन्दी गरेको मुसीकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुशिल गौतमले जानकारी दिएका छन् । उनले भने, ‘सरकारको निर्णयलाई अटेर गर्ने सबै मदिरा पसलमा सिलवन्दी  गरीने छ ।’
उता व्यापारीहरु भने स्थानीय सरकारले मदिरामा नियमको नाममा नियन्त्रण गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले लगानीको सुनिश्चिता खोज्दै गत फागुन ६ गते उच्च अदालत सुर्खेतमा मुद्दा दायर गराएका थिए । फागुन १६ विहीबार स्थानीय सरकारको प्रतिनिधी र व्यापारीहरुको उच्च अदालत सुर्खेतमा हुने भनेको बहस सार्वजनिक विदाका कारण सम्भवत शुक्रवार  हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *