‘दलितको पार्टी कांग्रेस’
रेखदेख सवाददाता
फागुन १३, रुकुम ।
दलितको पार्टी कांग्रेस भएको नेपाल दलित संघका सचिव देवीका नेपालीले बताईन् । शनिवार रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा आयोजित जातीय विभेद विरुद्धको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् । उनले भनिन, ‘नेपालमा पहिलो पटक कांग्रेस पार्टीले क्रान्तिकारी विधान बनाएको ठोकुवा गरिने ।’
कम्युनिष्टहरुले दलितहरु झुक्याउने, तर अधिकार दिन कन्जुस्याई गरेको आरोप लगाईन् । अहिलेको कम्युनिष्ट सरकार हेरौ दलितको सहभागिता कस्तो छ ? अनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधानमा भन्दा कांग्रेसको विधान बढी समावेशी भएको कारण दलितको पार्टी कांग्रेस बन्ने कुरा ठोकुवा गरीन् ।
कांग्रेसले विधान संशोधन गरेर पहिलो पटक पदाधिकारी भित्र दलित समुदायको प्रतिनिधीत्व बनाउने तयारी गरेको राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व सभापति मानबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने,‘नेपाली कांग्रेसको विधानमा अब सहमहामन्त्री दलित हुन पाउने व्यवस्था अगाडि सारेको बताए ।’
त्यस्तै नेपाल दलित संघका केन्द्रीय सदस्य यमुना विकले बाम एकताको नाममा ब्राहमण एकता भएको बताएकी छिन् ।
शनिवार नेपाल दलित संघ रुकुमले आयोजना जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको थियो । दलित संघका सभापति प्रविर ददेलको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मा, यज्ञवबहादुर परियार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन दलित संघका सचिब कविराम विक र स्वागत मन्तव्य उपसभापति बसन्त नेपालीले गरेका थिए ।