मुसीकोटमा बस दुर्घटना
रेखदेख संवाददता
फागुन १२, रुकुम ।
रुकुमकाेटबाट काठमाण्डौ जादै गरेको ना. ५ ख ५३८५ नम्बरको यात्रुबाह बस दुुर्घटना भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित सेरिगाउँमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए । उनले भने, घाईते मध्ये १ को अवस्था गम्बीर रहेको छ । सिस्ने गाउँपालिका वडा ५ इश्वर कुमारी बोहरालाइ गहिरो चोट लागेको छ । उनीलाइ थप उपचारकाे लागी नेपालगन्ज लिने तयारी भएकाे जनाएकाे छ । गाडी ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अन्य घाइतेकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएकाे छ ।