रुकुम पूर्वको कोल केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गयो
साउन ३, रुकुम पूर्व ।
रेखदेख संवाददाता
रुकुम (पूर्व भाग) जिल्लामा केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । भुकम्प गएपनि अहिले सम्मकुनै पनि क्षेतीको विवरण आएको छैनन् । रुकुम पूर्वसंगै रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची, दाङ, प्युठान, वागलुङ लगायतका जिल्लाहरुमा ठुलो धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

