रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
रेखदेख संवाददाता
साउन १, रुकुम पश्चिम ।
रुकुम पश्चिममा अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाृे छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधान अनुमोदनको माग गर्दै रुकुम पश्चिमका मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतम मार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा मानवअधिकार संजालका प्रतिनिधि अधिवक्ता गणेश हमाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जीवन खडका, गैसस महासंघका अध्यक्ष भीमराज ओली, नेपाल बार एसोशिएसनका जिल्ला सचिव टेक बहादुर खडका, र अन्तरपार्टी महिला संजालका अध्यक्ष हिमकुमारी केसीले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएको छ ।
यस्तै, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष ब्युँझना पुन देवकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुमित्रा केसी, हरप्लेसका प्रतिनिधि महेश केसी, बाल बिवाह बिरुद्धको साझा अभियानका अध्यक्ष गोकर्ण खडका, छोरी संजालकी जिल्ला सचिव लक्ष्मी रावल, युवा मानवअधिकार रक्षक संजालका प्रतिनिधि लक्ष्मी खत्री, र अपांग बहुउद्देश्यीय पुनस्थापना केन्द्रका अध्यक्ष खम्बु रावलको पनि ज्ञापन पत्रमा हस्ताक्षर रहेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले रोम विधान अनुमोदन सम्बन्धी नागरिक समाजको यो मागलाई तत्काल सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनानु भएका छन् । उनले भने, मुलुकमा संक्रमणकालीन न्यायसँग जोडिएका कतिपय विषयहरूलाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेको जनाएको छ ।

