कचहरी नाटकः ‘मतको मुल्य’ मुसीकोटमा प्रर्दशन
रेखदेख संवाददाता
फागुन १४, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा कचहरी नाटक ‘मतको मुल्य’ प्रर्दशन गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचन २०८२ लाई लक्षित गरी कर्णाली थियटरका कलाकारहरुले निर्वाचन आयोगको समन्वयमा मतदाता शिक्षा सम्वन्धि कचहरी नाटकः‘मतको मुल्य’ प्रर्दशन गरिएको हो ।

सडक नाटकमा मतदान किन गर्ने, कसरी गर्ने ? कस्ता उमेद्धारलाई मत दिने र सक्षम उम्मेदवार कसरी छनोट गर्ने लगायतका विषयमा सन्देश प्रबाह गरिएको थियो ।
यसका साथै मतदानको समयमा घरपरिवार र छरछिमेकमा हुने झै झगडा र बेमेलाई कचरी नाटक मार्फत चित्रण गरिएको कलाकार टोली प्रमुख हिरा विजुली नेपालीले जानकारी दिएका छन् ।
उनका अनुसार ‘नाटक कर्णाली प्रदेशका ४ जिल्ला रुकुम (पश्चिम भाग), सल्यान, जाजरकोट र सुर्खेतका मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले प्रर्दशन गरिएको टीम प्रमुख नेपाली बताएका छन् ।’
कचहरी नाटक मतको मुल्यमा १४ जना कलाकारहले स्थानीय भाषामा नाटक प्रर्दशन गरेका थिए ।

