चुनावको मुखैमा शिक्षकको दल ‘अदलबदल’ के हुन्छ कारबाही ?
राज्यबाट तलव खाने शिक्षक कर्मचारीहरुले पार्टी प्रवेश गरेको प्रमाणित भएमा स्पष्टीकरण, तलब रोक्का, निलम्बन सेवाबाट हटाउने सम्मको कारबाही हुनसक्छ ।
प्रविर ददेल
रेखदेख संवाददाता ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचन नजिकीदै छ । राजनीतिक दलहरु र उम्मेदवारहरु चुनाबी प्रचारमा व्यस्त छन् । राजनीतिक दलहरु जनताको घरदैलोमा पुगेर मलतदातासंगै नाँच्दै, गाउँदै र बजाउदै मत मागिरहेका छन् । जसका कारण गाउँमा चुनावी उत्सव चलिरहेको छ । गाउँ गाउँमा भएका चुनावी कार्यक्रमले चुनावी सरगर्मी बढेको छ । दल तथा उम्मेदवारहरुको पक्ष विपक्षमा मतदाता लाग्न थालिसकेका छन् ।

दिनैपिच्छे राजनीतिक दलहरुका कार्यक्रमहरु रुकुम पश्चिमका ६ वटै पालिका र ७३ वटै वडामा केही न केही कार्यक्रम भईरहेका छन् । जसले गाउँ चुनावमय बनेको छ । रुकुम पश्चिमका मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, नेपाली कम्युष्टि पार्टी, प्रगतिशिल लोकतान्त्रीक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका ११ राजनीतिक दल र उम्मेदवारहरु चुनावी अभियान लिएर जनताको घरदैलोमा पुग्ने, जनताको समस्या सुन्न र मतदाता रिझाउन लागि परेका छन् ।
गाउँ पसेका राजनीतिक दलहरुले गर्ने कार्यक्रमहरु एक पार्टीबाट अर्को पार्टीमा प्रवेशको लहर समेत चलेको छ । चुनावको बेलामा कार्यकर्ताहरुले दल अदलबदल गर्ने नौलो र अनौठो होईन । तर, चुनावको मुखैमा शिक्षकहरुले गर्ने दल अदलबदललाई आम नागरिकहरुले चासोको साथ हरेका छन् ।
कुरा फागुन ५ र ६ गतेको हो । त्रिभुवन जनता माध्यामिक विद्यालयमा अध्यापन गराईहेका माध्यामिक तहका शिक्षक संगम केसी र सरस्वती माध्यामिक विद्यालय सल्लेमा अध्यापन गराई रहेका राहत शिक्षक टिकाराम विष्टले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरे । प्रबेश कार्यक्रममा पार्टीका संयोजक तथा रुकुम पूूर्वबाट प्रतिनिधी सभाका उम्मेदवार पुष्पकमल दाहालसंग प्रवेश गरेपछि बहस सतममा पुगेको छ । दुबै जना शिक्षक नेकपा एमाले निकट शिक्षक संगठनमा आवद्ध थिए ।
चुनावको मुखैमा पार्टी प्रबेश अर्थात दल अदलबदल नेपालको शिक्षा शिक्षा ऐन, नियमावली, शिक्षकको नैतिकता, पेशागत मर्यादा र शिक्षक आचार संहिताको ध्वजी उडेको छ । भने यस विषयमा प्रत्यक्ष रुपमा निर्वाचनको मुखमा राज्यको तलव खाने कर्मचारीले पार्टी प्रवेश गर्नुले निर्वाचन आचार संहिताको उलंघन समेत गरेको छ ।
पार्टी प्रवेश गरेका शिक्षक संगम केसीले आफूले पार्टी प्रबेश भन्दा पनि संगठन परिवर्तन गरेको जनाए । उनले भने, मैले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता त्यागेर नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुँ । उता राहत शिक्षक टिकाराम विष्टले पनि पार्टी परिवर्तन नभएको र आफूले निर्वाचन आचार संहिता उलंघन नगरेको जनाए । चुनावको बेला पार्टी अदलबदल गर्न निर्वाचन आचार संहिता विपरित भएन भन्ने प्रश्नमा त्यसो नभएको दुबै शिक्षकहरुले दाबी रहेको छ ।
के छ कानूनी व्यवस्था
नेपालको शिक्षा ऐन २०२८ ले सामुदायिक विद्यालयका शिक्षकले राजनीति दलको सदस्यता लिन नपाउने, पार्टीगत गतिविधी गर्न र राजनीतिक पद धारण गर्न पाईदैन । शिक्षा नियमावली २०५९ नियम १६ (आचरण सम्वन्धी) शिक्षकले राजनीतिक रुपमा निष्पक्ष र तटस्थ रहनु पर्ने, कुनै पनि राजनीतिक दलको पक्षमा प्रचार प्रसार गर्न नपाईने, पार्टी प्रवेश गरेमा अनुशासन हितनता मानिने कुरा उल्लेख गरेको छ । शिक्षक सेवा आयोगको आचरण नियमको शिक्षकको सेवा सर्तमा दल विशेषमा आवद्ध हुन नपाईने, नियम उल्लंघन भएमा विभागीय कारबाही हुने उल्लेख गरेको छ ।
सार्वजनिक सेवा आचरण नियमावलीमा सरकारी वा राज्यबाट तलब खाने कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने र राजनीतिक गतिविधीमा सक्रिय हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचन आचार संहिता २०८२ को दफा मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा संवद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्ने आचार संहितामा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने कुरा उल्लेख गरेको छ । मुसीकोट शिक्षा नियमावली २०७४ को नियम १०६ उप नियम (ग) अनुसार आफ्नो सेवा सम्बन्धि कुरामा मतलब साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनीतिक वा अवाञ्छिनिय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने भनिएको छ ।
के हुन्छ कारबाही ?
पार्टी प्रवेश गरेको प्रमाणित भएमा स्पष्टीकरण, तलब रोक्का, निलम्बन र सेवाबाट हटाउने सम्मको कारबाही हुन सक्छ । शिक्षकको हकमा कारबाही गर्ने निकाय भनेको विद्यालय व्यवस्थापन समिति,स्थानीय तह, शिक्षा शाखा, जिल्ला प्रदेश शिक्षा कार्यालय, शिक्षक सेवा आयोग (सेवा सर्त, आचरण र ठुला कारबाही) शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुले उजुरीको आधारमा प्रकृयागत कारबाही सुरु गर्न सक्छन ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार थानीले राज्यको तलव भत्ता खाने शिक्षक कर्मचारीले निर्वाचनको बेलामा गरेको पार्टी प्रवेशले नेपालका नियम कानूनको बर्खिलाप गर्नुको साथै निर्वाचन आचार संहिताको उलंघन हुने जनाएका छन् । उनले भने, ‘मैले शिक्षकहरुले पार्टी प्रवेश गरेको कुरा सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट थाहा पाएको छु ।’ यस विषयमा शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमका प्रमुख र मुसीकोट नगरपालिका शिक्षा शाखासंग तत्काल छलफल गरी कारबाही प्रकृया अघि वढाउने जनाएका छन् ।

