५५ सदस्य नेपाल दलित संघ निर्वाचन प्रचार-प्रसार समिति गठन
रेखदेख संवाददाता
फागुन १, रुकुम पश्चिम।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी नेपाल दलित संघ रुकुम पश्चिमले ५५ सदस्य निर्वाचन प्रचार(प्रसार समिति गठन गरेको छ । शुक्रबार रुकुम पश्चिमको सदरमुकाम खंलगामा बसेको बैठकले नेपाल दलित संघ रुकुम पश्चिमका सभापति प्रवीर ददेलको संयोजकत्वमा ५५ सदस्य नेपाल दलित संघ निर्वाचन प्रचार( प्रसार समिति गठन गरिएको हो ।
बैठकले नेपाल दलित संघ ६ वटै पालिकाका सभापतिको संयोजकत्वमा निर्वाचन प्रचार(प्रसार समिति र वडा र टोलहरूमा समेत प्रचार(प्रसार समिति गठन गर्न परिपत्र गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाली काँग्रेसका उम्मेदवार प्रत्यक्षमा राजु केसी र समानुपातिक उम्मेदवार मानबहादुर नेपालीलाई जिताउन रुख चिन्हमा मतदान गर्न सम्पूर्ण रुकुमका दलित समुदायका आग्रह गर्ने निर्णय गरियो । साथै गाउँ टोलमा गएर निर्वाचन मतदाता शिक्षा समेत प्रदान गर्न दलित संघका जिल्ला, पालिका स्तरिका नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरिएको छ ।
बैठकमा नेपाली काँग्रेस महासमिति सदस्य यज्ञबहादुर परियार, नेपाली काँग्रेस प्रदेश प्रतिनिधी नरबहादुर लम्साल, जिल्ला सदस्य टेकबहादुर बिक लगायतको आथित्यता रहेको थियो ।

