१०१ सदस्य नेपाल महिला संघ त्रिवेणी चुनाव प्रचार समिति गठन
रेखदेख संवाददाता
फागुन २, रुकुम पश्चिम।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी नेपाल महिला संघ त्रिवेणी गाउँपालिकाले चुनाव १०१ सदस्य निर्वाचन प्रचार-प्रसार समिति गठन गरेको छ ।

शुक्रबार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका भुल्नेटामा भएको नेपाल महिला संघ त्रिवेणी गाउँपालिकाको भेलाले वासना गिरीको अध्यक्षतामा १०१ सदस्य नेपाल महिला संघ चुनाव प्रचार प्रसार समिति त्रिवेणी गाउँपालिका गठन गरिएको हो । नेपाल भेलाले त्रिवेणी गाउँपालिकाको सबै वडामा महिला संघको प्रचार-प्रसार समिति गठन गरेको मतदाता शिक्षा तथा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन रुख चिन्हमा छाप लगाउन गाउँगाउँमा प्रचार प्रसार गर्ने र समिति र वडा र टोलहरूमा समेत प्रचार-प्रसार समिति गठन गर्न परिपत्र गर्ने निर्णय गरेको नेपाल महिला संघ त्रिवेणी गाउँपालिका चुनाव प्रचार प्रसार समितिका संयोजक गिरीको भनाई रहेका छ । रुकुम पश्चिममा नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्षमा राजु केसी र समानुपातिकमा मानबहादुर नेपाली उम्मेदवार रहेका छन ।

