बजार अनुगमणबाट ७७ हजार बढीकाे अखाद्यबस्तु नष्ट
रेखदेख संवाददाता
पुस २०,रुकुम पश्चिम ।
खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बजार अनुगमण गरेकाे छ । रुकुम पश्चिम भागकाे सदरमुकाम मुसिकाेट क्षेत्रभित्रका तल्लाे बजार, माथिल्लो बजार, पातुखाेला, सहिद गेट, बागबजार, सेरिगाउ र चाैरजहारी बजारका थाेक तथा खुद्रा पसल, हाेटल र खाद्य सामाग्री उत्पादन उद्योगहरू अनुगमण गरिएकाे खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख सन्ताेष दाहालले जानकारी दिएका छन् । उनका अनसार खाद्य पसलमा ब्यवसाय दर्ता, नबिकरण, करचुक्ता लगायत म्याद गुर्निए नगुर्जिएकाे , खाद्य सामग्रीमा मिसावट भए नभएकाे सामानहरूकाे हेरफेर गरिएकाे छ ।

मुसिकाेट बजारका करिब ४५ वटा ब्यवसाय तथा उद्योगमा अनुगमन गरिएकाे थियाे । अनुगमणबाट म्याद गुर्जिएका र अखाद्य बस्तु ७७ हजार १ सय २५ मुल्य बराबरकाे म्याद गुर्जिएकाे, मिसावट सामाग्री नष्ट समेत गरिएकाे छ ।
अनुगमन कार्यक्रममा खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम भाग), उपभोक्ता हित संरक्षण कार्यालय रुकुम, पत्रकार लगायतकाे सहाभागीता रहेकाे थियाे ।

