गिजागार खोलामा एक महिलाको शब फेला
ललित चन्द
रेखदेख संवाददाता (आठविसकोट) ।
रुकुम (पश्चिम भाग) को आठबिसकोट नगरपालिका गिजागार खोला एक महिलाको शब फेला परेको छ ।

वाँफीकोट गाउँपालिका वडा नं. १० घर भई अस्थायी बसोवास आठविसकोट नगरपालिका वडा नं। ९ हर्दिगाउँ काकीको घरमा बस्दै आएकी वर्ष ४३ को अमृता बुढाको शव गिजागार खोला तातोपानी भन्ने ठाँउमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरक्षक कृष्णबहादुर वटालाले जानकारी दिएका छन् ।
उनी असार ३० गते बिहान घरबाट वडा नम्वर १२ स्थित माईती घरमा आफन्त वितेको र शुद्धिकार्यको लागि गएकी बुढाको शव आज बिहान गिजागार खोलाको किनारमा फेला परेको हो ।
बुढाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याउने तयारी गरिएको छ । खोलाले बगाएर मृत्यु भएको हुनसक्ने स्थानीय केशव मल्ले जानकारी दिएका छन् । गिजागार खोलामा महिलाको शब फेला परेपछि प्रहरीले घटनाको अनसन्धान सुरु गरेको जनाएको छ ।

