सडक मिचेर बनाएका संरचना हटाउदै मुसिकोट नगरपालिका

रेखदेख संवाददात
भदौं ६, रुकुम ।

मुसिकोट नगरपालिका रुकुम (पश्चिम भाग)ले सडक मिचेर बनाइएका संरचना हटाउन थालेको छ । नगरपालिकाले मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगा बजारको सहिद गेटबाट टहरा हटाउन सुरु गरेको हो ।

मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, नगर कार्यपालिका प्रवक्ता समीरजङ्ग मल्ल, वडा नं. १२ का वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका दलका नेता धिरन शिर्पाली, २ नम्बर वडाध्यक्ष दिनेश खड्का, नगर प्रहरी प्रमुख उमेश केसी सहित नगर प्रहरी र नेपाल प्रहरीको टोली सडक मिचेर बनाएका संरचना हटाउन डोजर सहित पुगेका थिए ।
संरचना हटाउन जनप्रतिनिधी, कर्मचारी सहित सुरक्षा कर्मी डोजर सहित देखेपछि व्यापारीहरुले आफैले संरचना हटाउन पहल गरेका मुसिकोट नगरपालिकाका प्रवक्ता तथा मुसिकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष समिरजंग मल्लले जानकारी दिएका छन् । उनले भने, हामीले जानकारी दियौं, व्यापारीहरुले आफैले सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेका हुन् ।

‘पटक पटकको सूचना, व्यवसायीसँगको छलफल तथा सहमति अनुसार मुसीकोट नगरपालिकाको टिम सडक मिचेर बनाइएका संरचना हटाउन पुगपछि व्यापारीहरुले, हामी पूर्ण तयारीका साथ फिल्डमा खटिएका छौँ, व्यवसायी आफैले पसल उठाउँछौँ, डोजर नचलाउनुहोस् भनेपछि हामीले अहिलेसम्म डोजर नचलाएको जनाए । नगरपालिकाले राप्ती राजमार्ग तथा बजार क्षेत्रमा मुख्य सडक मिचेर बनाइएका सबै संरचनाको पहिचान गरिसकेको र उक्त संरचना नहटाउने डोजर चलाउने उनको भनाई रहेको छ । सुरुमा खंलगा बजारक्षेत्र र बागबजारका सडक छेउका संरचना हटाईने र त्यसपछि अन्य सबै बजार क्षेत्रका सडका टहरा हटाउने प्रवक्ता मल्लले जनाए ।

सडकको ५ मिटर दायाँ बायाँ क्षेत्रमा निर्माण भएका संरचनाहरू सबै मुसीकोट नगरपालिकाका वडा नं.–१२ का अध्यक्ष धिरन सिर्पालीले जनाएका छन् । सडक मिचेर बनाईएका संरचना हटाएपछि नगरको सुन्दरता, सडक सुरक्षा तथा सहज आवागमनका हुने मुसीकोट नगरपालिकाले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *