मुसीकोटमा जेठ ७ गते सिस्नोपानी नेपालको प्रस्तुति

रेखदेख संवाददाता
जेठ २, रुकुम । रुकुम पश्चिम मुसीकोट नगरपालिकामा जेठ ७ गते सिस्नोपानी नेपालको प्रस्तुति रहने भएको छ । हास्यव्यङ्ग्य मार्फत भ्रष्टाचार, बेथिति लगायतका विषयमा खबरदारी गर्दै आएको सिस्नुपानी नेपालको टोली रुकुम पश्चिम पुग्ने भएको हो ।
उक्त टोलीले जिल्ला सदरमुकाम खलंगामा एक दिन कार्यक्रम गर्ने भएको छ । जेठ ७ गते दिउँसो १ बजेदेखि सहिद प्रतिष्ठानको हल मुसीकोट नगरपालिका ५ सेरिगाउँमा कार्यक्रम हुने रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिएका छन् । उनका अनुसार कर्णाली सिस्नुपानी कार्यक्रम अन्तर्गत जिल्लामा कार्यक्रम हुन लागेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा कार्यक्रम हुन लागेको जनाएको छ । यस कार्यक्रमको संयोजन मुसीकोट नगरपालिकाको कार्यालयले गर्नेछ भने कार्यक्रमको समन्वय र सहजीकरण जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले गर्ने सचिव ओलीले जनाए । उनले भने, कार्यक्रम निःशुल्क हेर्ने व्यवस्था मिलाएको छ ।
कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष त्रय मनोज गजुरेल, अर्जुन पराजुली, धिरेन्द्र प्रेमर्षि, महासचिव टङ्कराज आचार्य, सहसचिव सरोज घिमिरे, सदस्यद्वय शिशिर योगी र चक्र दवाडीका साथै ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका तर्फबाट अध्यक्ष मदन शर्मा र कोअर्डिनेटर विनोद भट्टराई उपस्थित हुनुे कार्यक्रम रहेको बताइएको छ । सिस्नुपानी नेपाल मूलतः नेपाली साहित्य, कला संरक्षण र प्रर्वद्धन गर्न खोलिएको संस्था हो ।

हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउने मुख्य उद्देश्य राखेको यस संस्थाले भ्रष्टाचारको उन्मूलन र सुशासन स्थापनाको लागि सरोकारवालाहरूलाई व्यंग्यात्मक रूपमा घचघच्याउदै आइरहेको छ । खासगरी सिस्नुपानी नेपालको देउसी भैलो निकै चर्चित छ । यसले देउसी भैलोका साथै गाईजात्रा, कुशे औँसीजस्ता पर्वहरूमा सन्देशमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

काठमाडौँमा भेटघाट प्रायः दुर्लभ मानिने हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त हास्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू कर्नाली सिस्नुपानी कार्यक्रम लिएर रुकुम पश्चिममा आउनु जिल्लावासीको लागी खुसीको विषय भएको रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले बताए । कार्यक्रममा उस्थितिका लागि उनले सबै जिल्लावासीमा अनुरोध समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *