रुकुमका पत्रकार संगठनको सयुक्त वक्तव्यः ‘५ बुँदे माग सम्बोधन नभए आन्दोलनको चेतवानी’
रेखदेख संवाददाता
रुकुम पश्चिम ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमलाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरुका तीन संगठनले सयुक्त बक्तव्य जारी गरेका छन् । आईतबार नेपाल प्रेस युनियन रुकुम पश्चिमका अध्यक्ष सुमित्रा केसी, प्रेस चौतारी नेपाल जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री र समाजवादी प्रेस संगठन जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष भरत चन्दले संयुक्त प्रेस बक्तव्य जारी गरेका हुन् ।
बक्तव्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम (पश्चिम) मा रहेका विद्यमान समस्याहरुको बारेमा गम्भीर रुपमा कुरा उठाएको छ । जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिममा आर्थिक पार्दशिता रहेको छ । जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम शाखाको भवन निर्माण र अन्य विषयमा देखिएका अपार्दशिताहरुलाई विशेष साधारण सभा मार्फत समस्या समाधान गरेर नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई ओझिलो र गर्भिलो बनाउनुका साथै पत्रकार महासंघले गर्ने हरेक गतिविधिहरुको पार्दशिता कायम राख्न पहल जनाएको छ ।
त्यस्तै सदस्यता शुद्धिकरण तथा सदस्यता सिफारिस रहेको छ । नेपाल पत्रकार महासंघका साधारण सदस्य रहेर विगतमा पत्रकारिता गरेका अग्रज र हाल उहाँहरु क्रियाशील रहेको अवस्थामा सदस्यताको पुनरवाहाली एवं जिल्ला तथा रोजगारीको सिलसिलामा देश वाहिर गएकाहरुको सदस्यता नविकरण नगनेर्, जिल्लावाहिर गई क्रियाशिल रहेका सदस्यहरुको सम्बन्धित जिल्लामा नै सदस्यता (ट्रान्सफर) सरुवा गर्ने तथा अन्य पेशा व्यवसायमा संलग्न भएकाहरुको सदस्यता खारेज र नयाँ क्रियाशिल र मापदण्ड पुगेका पत्रकारहरुलाई सदस्यता सिफारिसको लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम मार्फत नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौंसंग माग गर्ने सयुक्त बक्तव्यमा उल्लेख गरिएको छ ।
त्यस्तै समानुपातिक विज्ञापन प्रर्णाली अन्र्तगत रुकुम पश्चिम जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिका र अनलाईनहरुको दिगो व्यवस्थापनको लागि समानुपातिक विज्ञापन प्रर्णाली लागू गर्न सबै स्थानीय तहहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई जिल्लामै दर्ता र क्रियाशिल संचार माध्यमहरुका लागि विज्ञापन वितरण गर्ने र व्यक्ति तथा मनोमानी विज्ञापन प्रर्णालीलाई निरुत्साहित गर्न तयार तीन संगठनको साझा धारणा रहेको छ ।
त्यस्तै पत्रकार आचार संहिताको विषयमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई र जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकार आचारसंहिता पूर्ण रुपमा परिपालना गरी पेशाको मर्यादा बढाउन सबै क्रियाशील पत्रकारहरुलाई आग्रह तथा अनुरोध प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
पत्रकार महासंघ सबैको महासंघ भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिममा प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठन नेपालको सहभागिता शुन्य भएको र मनोनित कार्य समिति सदस्य र प्रदेश परिषद् सदस्य एकलौटी प्रेस सेन्टर निकट पत्रकार मात्रै मनोनित गरेर अन्य संगठनको अस्तित्व अस्वीकार गर्ने कार्य सच्याएर मनोनित सदस्यहरुमा सबै संगठनहरुलाई सहभागिता बनाएर सबैको साझा संगठनको रुपमा स्वीकार महासंघलाई आग्रह गरिएको छ ।
तीन पत्रकार संगठनहरुको सयुक्त वक्तव्यमा ५ बुँदे मागलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमले एकसाता भित्र सम्बोधन गर्न आग्रह समेत गरिएको छ ।अन्यथा हामी तीनवटा संघ संगठनहरु र क्रियाशील पत्रकाहरुलाई गोलबन्द गर्दै चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं र यसबाट पर्न सक्ने असरप्रति महासंघ पूर्ण रुपमा जिम्मेवार बक्तव्य मार्फत जनाएको छ ।


