रुकुम पश्चिम सानिभेरी ५ मा मतदान सुरू

रेखदेख संवाददाता
मंसिर १६, रुकुम । पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मतदान सुरु भएकाे छ । सानिभेरी गाउँपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्ष पदको लागि मतदान सुरू भएकाे हाे । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले ज सहायक निर्वाचन अधिकृत गाेबिन्द काेईरालाका अनुसार मतदान ७:३० मा सुरू भएकाे जनाए ।


एक वडाध्यक्ष पदका लागि २ उम्मेदवार प्रतिस्पर्दामा छन् । नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् ।
यस वडामा कुल १४ सय ३४ मतदाता रहेका छन् । मतदातामध्ये ७ सय ४४ पुरुष र ६९० महिला रहेका छन् ।
नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्र कायम गरिएको सहायक मतदान अधिकृत काेईरालाले जनाए ।
भयरहित र निष्पक्ष रुपमा वडाको मतदान सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *