उपनिर्वाचनःसानीभेरी ५ मा माोवादी र काँग्रेसका उम्मेद्वार विरुद्ध उजुरी

रेखदेख संवाददाता
रुकुम पश्चिम ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध उजुरी सहायक निर्वाचन अधिकृत गोविन्द कोइरालाले जानकारी दिएका छन् ।

कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको जनाएको छ । निर्वाचन आयोगको तालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय छ । त्यसपछि ६ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशित हुने छ ।

सानीेभेरी ५ मा काँग्रेसबाट मोतिराम खत्री, माओवादीको तर्फबाट जसविर बस्नेत, नेकपा एकिकृत समाजवादीबाट हशंराज पुरी र स्वतन्त्रको तर्फबाट विरबहादुर बस्नेतले उम्मेवादरी भएको छ ।

त्यसपछि मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । सोही दिन अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *