“ढुक्क भएर मतदान गर्न दुलीबासीलाई नेपाली काँग्रेसका प्रवक्ता महतकाे आग्रह”

रेखदेख संवाददाता
मंसिर १, रुकुम ।

नेपाली काँग्रेसका प्रबक्ता तथा पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले दुलीबासीलाई डरत्रास बिना ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस सानीभेरी गाउँपालीका वडा नं. ५ काे आयाेजना गरेकाे चुनावी सभामा प्रबक्ता महतले यस्तो धारणा राखेका हुन् ।
नेपाली काँग्रेसले शान्ति समृद्धिकाे पक्षमा रहेकाे भन्दै दुलीबासीलाई कुनैपनि डर, त्रासमा नपर्न आग्रह गर्दै दुलीबासीहरूलाई डर त्रास बिना मतदान गर्ने वातावरण मिलाउन जिल्ला स्थित सराेकारवाला निकायलाई निर्देशन समेत दिएका छन् । ” मैले दुलीबासीले भाेगेकाे समस्याकाे बारेमा नजिकबाट बुझेकाे छु, यहाँकाे बिकासकाे लागि पहल गर्ने प्रतिबद्ता समेत जनाए । ” प्रबक्ता महतले नेपाली काँग्रेस र नेकपा एमालेकाे गठबन्धनकाे सरकार जनताका आशा अपेक्षा पुरा गर्ने समेत जनाएका थिए ।
चुनावी सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य गाेबिन्दराज जाेशी, दिनेश काेइराला, नेपाली काँग्रेस रुकुमका नेता तथा पुर्व राज्यमन्त्री गाेपाल जी जंग शाह, नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेेमप्रकाश ओली, नेकपा एमालेका जिल्ला सदस्य प्रेेम खत्री नेपाल समाजबादी पार्टीका केन्द्रीय सदस्य टेकम बाँठाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन नेकपा एमालेकाे भातृसंस्था युवा संघका केन्द्रीय सदस्य हरिवाेल भारतिले गरेका थिए ।
२०७९ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अलबहादुर खनालले चुनाव जितेका थिए । कलेजाे, मृगाैला र फाेक्साेमा समस्या देखिएपछि उपचारकाे शिलशिलामा २०८० साल माघ २२ गते उनकाे निधन भएकाे थियाे ।
मंसिर १६ गते हुने उप निर्वाचनमा सानीभेरी गाउँपालिका वडा नं. ५ मा वडाध्यक्षकाे निर्वाचन हुने भएकाे छ । उप निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल समाजवादी पार्टी लगायतका दलहरूले नेपाली काँग्रेसका उम्मेदवार माेतिराम खत्रीलाई समर्थन गरेका छन् । माेतिराम खत्री पुर्व वडाध्यक्ष अलबहादुर खनालका भाइ हुन् । भने उता माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पाटी बिप्लब, एकीकृत समाजवादी पार्टीले माओवादी केन्द्रका जसिराम बस्नेतलाई साथ दिएकाे छ ।

यस्तो थियाे२०७९ सालकाे निर्वाचन परिणाम
२०७९ मा भएको निर्वाचनमा गठबन्धन र माओवादीका उम्मेदवार बिचको मतान्तर २८ थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अलबहादुर खत्री ४ सय ६२ मत पाएर निर्वाचित भएका हुन ।उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४ सय ३४ मत पाएका थिए । उक्त चुनावका लागि वडामा मतदाता सङ्ख्या १२ सय ५७ रहेको थिए । तर उप निर्वाचनकाे लागि भने मतदाता सङ्ख्या बढेको छ । आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनकाे लागि वडामा १४ सय ४६ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *