रेखदेख सम्पादक प्रविर ददेललाई युवा पत्रकारिता पुरस्कार

रेखदेख संवाददाता
असोज ६, काठमाडौं ।

प्रेस काउन्सिल नेपालले वितरण गर्ने युवा पत्रकारिता पुरस्कारबाट रेखदेख राष्ट्रिय साप्ताहिक तथा रेखदेख डटकमका प्रकाशक÷सम्पादक प्रविर ददेललाई पुरस्कृत भएका छन् ।

आईतबार प्रेस काउन्सिल नेपालको ५५ औं बार्षिक उत्सवको अवसरमा पत्रकार ददेललाई पुरस्कृत गरिएको हो ।
ददेललाई नगत सहित सम्मान पत्र नेपालका राष्ट्रपति सम्माननिय रामचन्द्र पौडेलको समुपस्थितमा नेपाल सरकारका सञ्चार मन्त्री तथा प्रबक्ता पृथ्बीसुब्बा गुरुङ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हस्तान्तरण गर्नु भएको हो । उनीसँगै देशभरीबाट ११ जना पत्रकारहरुलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

ददेल विगत दुई दशक देखी मोफसलमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका ददेल रुकुम पश्चिम जिल्लामा रहेर हिमाल खबर पत्रिका, आर्थिक अभियान दैनिक, हिमालय टेलिभिजन लगायतका राष्ट्रिय सञ्चार माध्यममा क्रियाशिल रहनु भएको थियो । प्रेस युनियनका केन्द्रिय सदस्य समेत रहेका ददेल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य पनि हुन् ।

प्रेस काउन्सिल नेपालले ५५ औं बार्षिक उत्सवको अवसरमा १ लाख ५१ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण राष्ट्रिय दैनिकका सम्पादक तथा नेपाल प्रेस इन्स्टिच्यूट अखण्ड भण्डारी, १ लाख १० हजार रुपैयाँ राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देल, प्रेस काउन्सिल नेपालले आचार संहिता पुरस्कार रातोपाटी डटकम, प्रेस काउन्सिल सशक्त सचारकर्मी पुरस्कार, प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला शसक्तीकरण पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल समावेसी पत्रकारिता पुरस्कार लगायतका विधामा पुरस्कार वितरण तथा अग्रज पत्रकारहरुलाई सम्मान समेत गरिएको छ ।

काउन्सिल हरेक वर्ष बार्षिक उत्सवको अवसरमा उत्कृष्ट पत्रकारहरुलाई सम्मान, पुरस्कार वितरण गर्दै आएका छ । पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राष्ट्रपति कार्यालय सितल निवासमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *