नागरिकता प्रमाणपत्र लिन गएकी प्रगतीलाई प्रशासनमा सम्मान
रेखदेख संवाददाता
जेठ २२, रुकुम ।

राष्ट्रिय महिला भलिबल खेलाडी प्रगती नाथलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सम्मान गरिएकको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा नागरिता प्रमाण पत्र लिन गएकी राष्ट्रिय महिला भलिबल खेलाडी प्रगती नाथलाई सम्मान गरिएको हो ।
रुकुम पश्चिम जिल्लाबाट राष्ट्रिय महिला भलिवल खेलाडीको रुपमा छनोट भई विभिन्न खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले सम्मान पत्रले सम्मान गरेको जनाएको छ ।
सम्मान कार्यक्रमा रुकुम (पश्चिम ) जिल्लामा जन्म भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महिला भलिवल खेलमार्फत देशको नाम राख्न सफल भएकोेमा हार्दिक बधाई तथा थप प्रगतिको कामना समेत व्यक्त गरिएको छ ।
बाफीकोट गाउँपालिका वडा नं. २ मा २०६२ भदौ १४ गते बुवा विरजीत नाथ र आमा खीमकुमारी नाथको कोखबाट जेठो सन्तानको रुपमा जन्मीएकी थिईन् । आईतबार वडा कार्यालयमा नागरिकताको सिफारिस ल्याएर आज उनले नागरिकता प्राप्त गरेकी हुन् । नागरिकता सिफारिस लिन गएकी प्रगतिलाई बाँफीकोट वडा नं. २ का वडाध्यक्ष प्रकाश खत्रीले समेत सम्मान गरेका थिए ।

