यी चार अवस्थामा निस्क्रिय हुन सक्छ सन्दीपलाई धरौटीमा छाड्ने आदेश

२८ पुस, काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले चार वटा अवस्था आफ्नो आदेश निस्क्रिय हुन सक्ने बताएको छ ।

उच्च अदालतले उनलाई विदेश जान रोक लगाएको छ । तर सन्दीप विदेश गएको तथ्यसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो तथ्य प्रमाणीत भएमा धरौटीमा छाड्ने आदेश खारेज हुने पनि उच्च अदालतको आदेशमा उल्लेख छ ।

यस्तै लामिछानेले विचाराधीन यो मुद्दाको बारेमा कुनै टिका टिप्पणी गरेको प्रमणसहित जाहेरीकर्ता किशोरी वा उनको परिवारको सदस्य वा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदन व्यहोरा प्रमाणित भएमा पनि आदेश खारेज हुन सक्ने छ ।

सन्दीप आफैंले वा उनका आफन्तले किशोरी र उनका आफन्त र परिवारसँग सम्पर्क गरेमा र उनीहरुलाई कुनै डर, त्रास धम्की वा दबाव दिएमा वा प्रलोभनमा पारेमा पनि आदेश खारेज हुने उच्च अदालत पाटनले भनेको छ ।

अदालतको आदेश विपरीत सन्दिपले काठमाडौं उपत्यका छाडेको प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदनको व्यहोरा विश्वसनीय देखिमा पनि सन्दीपलाई धरौटीमा छाडेन आदेश खारेज हुन सक्ने उच्च अदालत पाटनको आदेशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *