रुकुम पूर्वमा ६१ प्रतिसत मत खस्यो

रेखदेख संवाददाता
मंसिर ४, रुकुम पूर्व ।
रुकुम पूर्वमा ६१ प्रतिशत मत खसेको छ । आईतबार बेलुका ५ बजे सम्म जिल्लाका ५६ मतदान केन्द्रमा करिब २१ हजार १४६ मात्र मत  खसेको जिल्ला निवाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिएका छन । उनका अनुसार महिला १० हजार ९ सय ११ महिला र १० हजार २ सय ३५ पुरुष गरी जम्मा २१ हजार १ सय ४६ मत खसेको हो ।

तीन गाउँपालिका रहेको रुकुम पूर्वमा ३४ हजार ११२ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत ओलीका अनुसार मतदान अधिकृतहरुले फोनमा टिपाए अनुसार उक्त मत खसेको बुझिएको जनाए । भौगलिक विगटता र फोनमा भएको अस्पष्टताका कारण संख्यामा केही तलमाथि हुनसक्ने धिकृत शर्माको भनाई रहेको छ ।

रुक्मिणी मावि रुकुमकोटमा वारिसे मतदानमा विवाद उत्पन्न भएपछि केहिबेर मतदान रोकिएको थियो । पछि छलफल मार्फत विवाद समाधान गरेर मतदान सम्पन्न गरिएको थियो । रुकुम पूर्वका पनि शान्ति पूर्व तवरले मतदान सम्पन्न भएको जनाएको छ । सबै मतपेटीका रुकुम पुर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा ल्याएपछि मतगणना सुरु हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *