रुकुुम पश्चिममा ५७.७३ प्रतिशत मत खस्यो

रुकुुम पश्चिममा  १ लाख ४ हजार २ सय ८० कुल मतदाता मध्ये जम्मा ६० हजार ५ सय २७ मत मत खसेको हो ।

रेखदेख संवाददाता
मंसिर ४, रुकुम ।
रुकुम पश्चिममा ५७.७३ प्रतिसत मत खसेको छ । रुकुम पश्चिमका कुल मतदाता १ लाख ४ हजार २ सय ८० मतदाता मध्ये जम्मा ६०

हजार ५ सय २७ मत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रमानन्न घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार महिला ३१ हजार ५ सय २७ र पुरुष २९ हजार मतदाताले मत खसालेका थिए । रुकुम पश्चिममा पुरुषको मतदाता संख्या ५२ हजार ७ सय ३५ र महिला मतदाताको संख्या ५१ हजार ५ सय ४४ रहेको थियो । प्रमुख जिल्ला अधिकारी घिमिरेका उनका अनुसार रुकुम पश्चिमका १३९ मतदान केन्द्र २ वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भएको जनाएका छन् ।
जिल्लामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको तुलनामा १३.२७ प्रतिसत कम मत खसेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ७१ प्रतिशत मत खसेको थियो ।

रुकुम पश्चिमबाट प्रतिनिधी सभा १ निर्वाचन क्षेत्रको लागि गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार तथा अर्थमन्त्री जर्नादन शर्मा, नेकपा एमालेका तर्फबाट नन्दराम देवकोटा, राप्रपाबाट दिपककुमार पुन, र स्वतन्त्रवाट तारक केसी र राजन पाण्डेले प्रतिस्प्रर्धा गर्नेछन् । त्यस्तै प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महेन्द्र केसी, नेकपा एमालेबाट नारायण शाह र राप्रपाका विनोदकुमार शाहले उम्मेदवारी रहेको छ । त्यस्तै प्रदेश २ मा गठबन्धनको तर्फबकाट माओवादी केन्द्रका राजकुमार शर्मा, एमालेका तर्फबाट कर्णबहादुर घर्ति र राप्रपाका निर्जल केसीको उम्मेदवारी रहेको छ । रुकमु पश्चिममा छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण तरिकाले भएको र अब मतपेटीका जिल्ला सदरमुकाम खंलगामा ल्याउन पहल भईरहेको जनाएको छ । सबै मतदान स्थलका मपपेटीका जिल्ला सदरमुकाम खंलगामा आएपछि मात्रै भोलीबाट मतगणना सुरु हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *