मतपत्र च्यात्ने ३ जना विप्लव कार्यकर्ता पक्राउ

मंसिर ४, रुकुम
रेखदेख संवाददाता ।
रुकुम पश्चिममा चुनावमा अवरोध गर्न खोजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पार्टीको जिल्ला कमिटि सदस्य महेश बस्नेत र राकेश बिक, विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हरिबहादुर पुन रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोटको वडा नम्वर ५, ११ र १३ मा रहेका मतदान केन्द्रमा मतपेटिका तोडफोड र मतपत्र च्यात्न खोजेको अवस्थामा तीन जनालाई पक्राउ परिएको बताउनुभयो । बस्नेतलाई वडा नम्वर ५ बाट, बिकलाई वडा नम्वर ११ बाट र पुनलाई वडा नम्वर १३ बाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरु उपर निर्वाचन आयोगले नियामानुसार कारबाहि प्रक्रिया अगाडि बढाउने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
Seen by Raju Lamichhane at 7 November 2022 at 21:18
Enter

Leave a Reply

Your email address will not be published. Required fields are marked *