बरिष्ठ अधिबक्ता डा. नवराज गौतमको ‘स्मृतिग्रन्थ’ विमोचन

.

रेखदेख संवाददाता
असोज २८, रुकुम ।
रुकुम पश्चिमका बरिष्ठ अधिबक्ता तथा नागरिक समाजका अगुवा स्वर्गीय डा. नवराज गौतमको सम्झनामा ‘स्मृतिग्रन्थ’ विमोचन गरिएको छ । गत वर्ष असोज २८ गते देहावसान भएका स्व. डा. नवराज गौतमको सम्झनामा ‘स्मृतिग्रन्थ’ प्रकाशन गरिएके हो । ‘समृतिग्रन्थ’को खण्ड ‘क’ मा बरिष्ठ अधिबक्ता स्व. डा. नवराज गौतमका रचना प्रकाशित गरिएको छ । त्यस्तै खण्ड ‘ख’ मा विभिन्न व्यक्तिहरुको नजरमा बरिष्ठ अधिबक्ता तथा नागरिक समाजका अगुवा डा. नबराज गौतमको बारेमा लेखीएका लेख रचनाहरु र खण्ड ‘ग’ मा बरिष्ठ अधिबक्ता तथा नागरिक समाजका अगुवा डा. नबराज गौतमका शैक्षिक योग्यता, विभिन्न कालखण्डमा पाएका उपाधि, सम्मान तथा कदरपत्र, ऐतिहासीक तस्वीरहरु समेत समेटीएको छ ।
‘स्मृतिग्रन्थ’ को संरक्षणमा बरिष्ठ अधिबक्ता स्व. डा. नबराज गौतमकी जिवनसंगनी भक्तकुमारी गौतम रहनु भएको छ । त्यस्तै प्रधान सम्पादकमा कमलमणी देवकोटा, सम्पादकमा श्रीकृष्ण गौतम र व्यव्स्थापनमा रमेश कुमार गौतम, प्रतिभा पोखरेल गौतम, मधुसुधन गौतम रहनु भएको छ । त्यस्तै सल्लाहकारमा अधिबक्ता रमा गौतम, अधिबक्ता विनोदकुमार गौतम, अधिबक्ता रामचन्द्र (आरसी) गौतम र अधिबक्ता सुदिक्ष ज्ञवाली गौतम रहनु भएको छ ।
बरिष्ठ अधिबक्ता तथा नागरिक समाजका अगुवा स्व. डा. नबराज गौतमको जन्म २०११ साउन २० गते भएको थियो भने देहावसान २०७८ असोज २८ गते भएको थियो । बरिष्ठ अधिबक्ता तथा नागरिक समाजका अगुवा स्व.डा. नबराज गौतमले देखाएको बाटोमा अग्रसर हुन बरिष्ठ अधिबक्ता डा. नवराज गौतम स्मृति प्रतिष्ठान समेत दर्ता गरी कार्यालयको उद्घाटन गरिएको छ ।

स्व. डा. नवराज गौतम समृति सभा तथा ‘स्मृतिग्रन्थ’ विमोचन तथा प्रतिष्ठान उद्घान कार्यक्रममा रुकुम जिल्ला समन्वय प्रमुख लुम्वीनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी प्रमुख विष्णुप्रसाद सोती, शसस्त्र प्रहरी प्रमुख गोविन्द केसी, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्राुख तथा प्रतिनिधी, पत्रकारलगायतको उपस्थित रहेको थियो । कार्यक्रम वरिष्ठ अधिबक्ता डा. नबराज गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष भक्तकुमारी गौतमको अध्यक्षतामा सचिव रामचन्द्र गौतमले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ अधिबक्ता डा. नबराज गौतम स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमा गौतमले गर्नु भएको थियो । ‘स्मृतिग्रन्थ’ को बारेमा प्रधान सम्पादक कमलमणी देवकोटाले प्रष्ट पार्नुभएको थियो । भने ‘स्मृतिग्रन्थ’ को समिक्षा श्री त्रिभुवन जनता माध्यामिक विद्यालयका प्राध्यानापक हरिपसाद खनालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *