बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका बाँठा विजयी

रेखदेख संवाददाता
जेठ ३, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हासिल गर्नुभएको हो । बाँठाका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४२४ मत प्राप्त गर्नुभएको  छ । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसकी उम्मेदवार नन्दा कुमारी नाथले ४ हजार १६० मत ल्याउनुभएको छ । उपााध्यक्ष पदमा ४ सय मतान्तर रहेको छ ।

बाँफिकोटका १० वडा मध्ये ८ वटामा माओवादी केन्द्र र दुई वडामा कांग्रेस विजयी भएकाे छ । ती वडामा कांग्रेस र एमालेबीच तालमेल भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *