बाँफीकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार जेके बाँठाको अग्रता कायमै

रेखदेख संवाददाता ।
जेठ २, रुकुम ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार जनक कुमार बाँठामगरले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई २३५ मतान्तरले पछि पारेका छन् ।
यो समाचार तयार गर्दासम्म बाँफीकोट गाउँपालिकाका १,२,३,४,५,८,९ र १० वडाको अन्तिम मतपरिणाम आएको छ । जसमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले ३ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । भने उनका नकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ३ हजार १ सय ९५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार तार बुढा केसीले ३ हजार ३ सय ४ मत प्राप्त गर्दा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी नन्दाकुमारी केसीले ३ हजार १ सय ७५ मत पाएकी छिन् । बाँफीकोट गाउँपालिकामा नेपाली काँग्रेसले २ र ५ नम्बर वडा जितेको छ । भने माओवादी केन्द्रले १,३,४,८,९ र १० वडामा जितेको छ । बाँफीकोट गाउँपालिकामा सबै दलहरु एक्ला एक्लै चुनावी प्रतिस्प्रर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *