अर्थमन्त्री जर्नादन शर्माको वडामा काँग्रेसको जित
रेखदेख संवाददाता
जेठ २, रुकुम ।
सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका ४ जना सदस्यहरु निर्वार्चित भएका छन् । नेपाली काँग्रेसबाट खुल्ला महिला सदस्य टिका देवकोटा ४९४ , दलित महिला सदस्य प्रतिभा नेपाली ४८२ , वडा सदस्य कालीबहादुर खत्री ४४६ र बमकुमारी ओली केसी ४३७ विजयी भएकी छिन् ।

अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली काँग्रेसले जित हात पारेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार समिर जंग मल्लले जित हात पारेका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र, सुशिल गौतमलाई ८४ मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार शमिरजंग मल्ल ले ५०८ मत पाउदा माओवादी केन्द्रका उम्मेदवार सुशिल गौतमले ४२४ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका ४ जना सदस्यहरु निर्वार्चित भएका छन् । नेपाली काँग्रेसबाट खुल्ला महिला सदस्य टिका देवकोटा ४९४ , दलित महिला सदस्य प्रतिभा नेपाली ४८२ , वडा सदस्य कालीबहादुर खत्री ४४६ र बमकुमारी ओली केसी ४३७ विजयी भएकी छिन् ।
मुसीकोट नगररपालिका ५ नम्बर वडासम्म गणना गर्दा नेपाली काँग्रेस – नेकपा एमाले गठबन्धनका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसी (रुख) ले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार वसन्त शर्मा (हसिया हतौडा) लाई ७१४ मतले पछि पार्दै २९८७ मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका बसन्त शर्माले २२७३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार थलबहादुर ओलीले सूर्यमा २५६३ मत प्राप्त गर्दा माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनले १९४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विध्याराज पौडेलले जानकारी दिएका छन् ।
मुसीकोट नगरपालिका ५ नम्बर वडामा जम्मा ९८४ मत खसेको थियो । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चुनावी गठबन्धनका विरुद्ध नेपाली काँग्रेस र एमालेको गठबन्धन चुनावी प्रतिप्रर्धामा रहेको छ । १४ ओटा वडा रहेको मुसीकोट नगरपालिकामा २२ हजार १ सय ९७ मतदातामध्ये १५ हजार ४ सय १५ मत खसेको छ । यसअघि नेपाली काँग्रेसले मुसीकोट नगरपालिका १,२,३ जितेको छ । मतगणना भएको ५ वटा वडामध्ये माओवादी केन्द्रले वडा नं. ४ मा मात्रै विजय भएको छ ।

