मुसीकोट नगररपालिकाका १,२ र ३ वडामा काँग्रेस–एमाले गठबन्धन विजयी

रेखदेख संवाददाता
जेठ १, रुकुम ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस–एमाले गठबन्धनको प्यानलले जितेको छ । मुसीकोट नगरपालिका ३ नम्बर वडामा नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनका अध्यक्षमा दशरथ केसीको सिंंगो प्यानलले चुनाव जितेको छ ।
मुसीकोट नगरपालिका वडा नं. ३ मा जम्मा खसेको मत ६८९ मध्ये उनले ४०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका लोकबहादुर ददेललाई १८४ मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन् । माओवादी केन्द्रका ददेलले २२४ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका खुल्ला महिला सदस्य खिमा खत्री , दलित महिला सदस्य खिमाकुमारी विक, वडा सदस्य रामबहादुर ओली र मेघराम खत्री विजयी भएका छन् ।
मुसीकोट नगररपालिका १, २ र ३ नम्बरबाट नेपाली काँग्रेस – नेकपा एमाले गठबन्धनका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसी (रुख) ले २०५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार वसन्त शर्मा (हसिया हतौडा) ले १३६२ मत प्राप्त गरेका छन् । काँग्रेस एमाले गठबन्धनका नगरप्रमुखका उम्मेदवार हेन्द्र केसीले ६९३ मतले पछि पारेका छन् ।
त्यस्तै नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार थलबहादुर ओलीले सूर्यमा मुसीकोटका तिनवटै वडाबाट १४१३ मत प्राप्त गर्दा माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनले ९३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विध्याराज पौडेलले जानकारी दिएका छन् ।
मुसीकोट नगरपालिका ३ नम्बर वडामा जम्मा ६८९ मत खसेको थियो । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चुनावी गठबन्धनका विरुद्ध नेपाली काँग्रेस र एमालेको गठबन्धन चुनावी प्रतिप्रर्धामा रहेको छ । १४ ओटा वडा रहेको मुसीकोट नगरपालिकामा २२ हजार १ सय ९७ मतदातामध्ये १५ हजार ४ सय १५ मत खसेको छ ।

यस अघि मुसीकोट नगरपालिकाका १ र २ नम्बर वडामा पनि नेपाली काँग्रेस एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा मुसीकोट १ मा ज्ञानु चन्द मुुुसीकोट २ मा दिनेश खड्काको प्यानलले जित हात हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *