मुसीकोट नगरपालिका ४ मा माओवादी जित

रेखदेख संवाददाता
जेठ २, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ मा फेरि नेकपा माओवादी केन्द्रका निर्मलकुमार पुन विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका ज्ञानेन्द्र रावललाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार पुन विजयी भएका हुन् । पुनले ४६३ मत ल्याउदा रावलले ४०२ मत पाएका छन् ।
वडा सदस्यमा २ जना माओवादीका र २ जना नेपाली कांग्रेसका विजयी भएका छन् । माओवादी केन्द्रका कमला सार्की, धनवहादुर चन्द विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका लिला खड्का र टेकबहादुर पुन विजयी भएका हुन् । यस्तै नगरपालिकाको वडा १, २ र ३ मा नेपाली काँग्रेसको प्यानलले विजय हाँसिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *