त्रिवेणी गाउँपालिका ४ मा नेपाली काँग्रेसको प्यानलै विजयी

रेखदेख संवाददाता
जेठ १, रुकुम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका नन्दराम वाँठा नेकपा माओवादी केन्द्रका घमण्डबहादुर खड्का १८४ को मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । बाँठाले ५१६ मत प्राप्त गर्दा खड्काले ३५२ मत पाएका छन् ।
अहिलेसम्म त्रिवेणीका १,२,३ र ४ वडाको अन्तिम मतपरिणाम आएको छ । जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *