बाँफीकोट गाउँपालिकामा काँग्रेसको जितको सुरुवात
रेखदेख संवाददाता
जेठ १, बाँफीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ । बाँफीकोट गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका प्रकाश खत्रीको प्यानल विजयी भएको हो । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मन्जित नाथलाई १७८ मतले पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचित खत्रीले ७२१ मत प्राप्त गर्दा नाथले ५४३ मत पाएको जनाएको छ । वडा सदस्यहरुमा पनि नेपाली काँग्रेका हातिराम बस्नेत , रत्न वीर पौडेल, देउमी पौडेल र सुन्पा दमाई विजयी भएका छन् । नवनिर्वाचित खत्री नेपाली काँग्रेस रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर २ को सभापति हुन् ।
यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाठाँमगरले १३७८ मत ल्याउदा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर केसी १२१८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार नन्दा केसी नाथले १३६३ प्राप्त गरेको जनाएको छ । भने नेकपा माओवादी केन्द्रकी तारा बुढा केसीले १२३५ मत प्राप्त गरेकी छिन् । बाँफीकोट गाउँपालिकामा ३ र ८ नम्बर वडाको मतगणना जारी छ ।

