चौरजहारी नगरपालिकामा १, २ र ३ वडामा माओवादी केन्द्र विजयी
रेखदेख संवाददाता
जेठ, १ चौरजहारी ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार तीन ओटै वडामा माओवादी केन्द्रको टिम विजयी भएको छ । वडा नम्वर १ को वडाध्यक्षमा इन्द्रे गिरी विजय भएका छन् । गिरीले ६ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका यदु कुमार आचार्यको पक्षमा ६ सय ६४ मत आएको छ ।
वडाका अरु ४ सदस्यमा पनि माओवादीकै उम्मेदवार विजेता बनेका छन् । वडा सदस्यहरुमा गणेश लामिछाने, दौलत विष्ट, चन्द्रकला सुनार र सिता विष्ट विजयी भएको जनाएको छ ।
त्यसैगरी वडा नम्वर २ मा पनि नेकपा माओवादी केन्द्रकै नेतृत्वमा जित भएको छ । वडा अध्यक्षमा बिरबहादुर रानाले ३३८ मत ल्याए विजयी भएको
छ । नेपाली काँग्रेसको तर्फका उम्मेदवार केशव केसीको भन्दा २८ मत बढी ल्याएर विजयी जनाएको छ ।
वडा नम्बर २ मा वडा सदस्यहरुमा माओवादी केन्द्रका उमादेवी सुनार, कमला कुमाल र रामकुमार गौतम विजयी जनाएको छ । भने नेपाली काँग्रेसका भिमबहादुर राणा निर्वाचित भएका छन् ।
चौरजहारीको वडा नम्वर ३ मा पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्षका उम्मेदवार लालबहादुर बुढाको प्यानल विजयी भएको छ । बुढाले ६ सय ३३ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी टिकाराम बस्नेतले ३५९ मत प्राप्त गरेका छन् ।
वडा सदस्यहरुमा माओवादी केन्द्रबाट उम्मेदवार हुनुभएका मिन के सी, घरदी कामी, इन्द्रा बटाला र चन्द्रा बस्नेत विजयी भएका हुन् ।
१५ मत खसेको छ ।

