त्रिवेणी गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी

रेखदेख संवाददाता
जेठ १, रुकुम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका दिपेन्द्रकुमार ओली नेकपा माओवादी केन्द्रका विरभान ओली १ सय ८३ को मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । दिपेन्द्रले ६ सय ९२ मत प्राप्त गर्दा विरभानले ५ सय ९ मत पाएका छन् । वडा सदस्य पनि कांग्रेसकै गंगा खड्का, रति दमाई, डम्बरबहादुर खड्का र लोकेन्द्र केसी विजयी भएको जनाएको छ ।
अहिलेसम्म त्रिवेणीका २ वडाको अन्तिम मतपरिणाम आएको छ । जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशकुमार केसीले १ हजार १ सय ३८ मत ल्याउदा नेपाली कांग्रेसका अमरसिंह खड्का ८ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजकुमारी रेउलेले १ हजार १ सय २७ र नेपाली कांग्रेसकी सृष्टी बाँठामगरले ८ सय ७९ मत का छन् 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *