मुसिकोट २ नेपाली काँग्रेसका दिनेश खड्का विजयी
रेखदेख संवाददाता ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खड्का निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार दल बहादुर खड्कालाई २२१ मतले पराजित गरेका हुन् ।
निर्वाचित दिनेश खड्काले ६२८ मत प्राप्त गरेका छन् । भने दलबहादुर खड्काले ४०७ मत ल्याएका छन् । वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा पनि नेपाली कांग्रेसले जितेको छ ।
यस्तै महिला सदस्यमा भावना शर्माले ६३६, दलित महिला सदस्यमा कमला दलामी ६२०, खुल्ला सदस्यहरुमा रेशम प्रकाश खड्काले ६१२ र गोपाल खड्काले ५९१ मत प्राप्त गरेका छन् ।
यस्तै मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारको अग्रता कायमै राखेका छन । नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले १६४७ मत ल्याउदा नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ११४४ मत ल्याउनु भएको छ ।
उपप्रमुखमा एमालेका थलबहादुर ओलीले १४१३ मत ल्याउदा समाजबादीका बिमल कुमार पुनले ९३३ मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका ज्ञानु चन्द बिजयी भएका छन् । चन्दले ९०२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दि नेकपा माओवादीका डम्बर थापाले ८७३ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार ५० मत गणना भएको छ ।

