मुसीकोटमा काँग्रेस–एमाले गठबन्धन प्यानलको जित सुरुवात
मुसीकोट १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार ज्ञानु चन्द्र चन्द सहित ३ जना सदस्यले जितेका छन् । सदस्यहरुमा महिला सदस्य अन्जना केसी डिसी, दलित महिला सदस्य धनमाया नेपाली, वडा सदस्य चोपबहादुर खत्री विजयी भएका छन् । भने एमोवादी केन्द्रले एउटा सदस्यमा चित्त बुझाएको छ । वडा सदस्यमा माओवादी केन्द्रबाट गणेश हमालले जितेकोे जनाएको छ ।

रेखदेख संवाददाता
बैशाख ३१, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा काँग्रेस–एमाले गठबन्धनको प्यानलले जित सुरु गरेको छ । मुसीकोट नगरपालिका १ नम्बर वडामा नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनका अध्यक्षमा ज्ञानु चन्द्र चन्द सहित ३ जना सदस्यले जितेका छन् ।
मुसीकोट नगरपालिकामा जम्मा खसेको मत १ हजार ९ सय ४७ मत मध्ये उनले ९ सय २ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका डम्बर थापालाई २९ मतले पछि पार्दै जित सुनिश्चित गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार ज्ञानु चन्द्र चन्दले ९ सय २ मत पाउदा माओवादी केन्द्रका डम्बर थापाले ८ सय ७३ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा पनि काँग्रेस– एमाले गठबन्धनका खुल्ला महिला सदस्य अन्जना केसी डिसी, दलित महिला सदस्य धनमाया नेपाली, वडा सदस्य र चोपबहादुर खत्री विजयी भएका छन् । भने एमाोवादी केन्द्रले एउटा सदस्यमा चित्त बुझाएको छ । वडा सदस्यमा माओवादी केन्द्रबाट गणेश हमालले जितेका छन् ।
मुसीकोट नगररपालिका १ नम्बरबाट नेपाली काँग्रेस – नेकपा एमाले गठबन्धनका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसी (रुख) ले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार वसन्त शर्मा (हसिया हतौडा) लाई २ सय ५२ मतले पछि पार्दै १ हजार १० मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका बसन्त शर्माले ७ सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार थलबहादुर ओलीले सूर्यमा ८ सय ४५ मत प्राप्त गर्दा माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनले ६ सय ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विध्याराज पौडेलले जानकारी दिएका छन् ।
मुसीकोट नगरपालिका १ नम्बर वडामा जम्मा ३ हजार १ सय ४१ मतदाता रहेकामा मसीकोट नगरपालिकामा जम्मा १ हजार ९ सय ४७ मत खसेको थियो । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चुनावी गठबन्धनका विरुद्ध नेपाली काँग्रेस र एमालेको गठबन्धन चुनावी प्रतिप्रर्धामा रहेको छ । १४ ओटा वडा रहेको मुसीकोट नगरपालिकामा २२ हजार १ सय ९७ मतदातामध्ये १५ हजार ४ सय १५ मत खसेको छ ।

