रुकुमेलीले भाेगेकाे पीडाले चिन्तत बनायाे : सभापति शाही

रेखदेख संवाददाता । नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले रूकुमेली जनताले भाेगेकाे पीडाले आफुलाई चिन्तित बनाएकाे बताएका छन् ।

नेपाली कांग्रेस चाैरजहारी नगरपालीले नगरस्तरिय अन्तरक्रिया  कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनले भने, `काँग्रेसमा रूकुमेली  जनताकाे बिश्वास देख्दा आफुलाई खुसी बनाएकाे छ ।´ रुकुम पश्चिमका जनताकाे उत्साहले  काँग्रेसले जित्ने निश्चित भएकाे जनाए । काँग्रेस एक ढिक्का भए काँग्रेसलाई कसैले हराउन नसक्ने सभापती शाहिले धारणा राखेका छन् ।

रुकुममा माओवादी केन्द्रले गरेकाे ज्यादती धेरै नटिक्ने र अब देशबाटै पतनकाे बाटाे गएकाे भन्दै सभापति शाहिले अबकाे निर्वाचनमा काँग्रेसकाे  जितलाई कसैले राेक्न नसक्ने उनकाे भनाई रहेकाे छ ।

कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीकाे विशेष  आथित्यता रहेकाे थियाे । कार्यक्रममा चाैरजहारी नगर सभापति प्रेेेमबहादुर ओलीकाे अध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेेेम प्रकाश  ओली, कर्णाली प्रदेशका सदस्य लंकबहादुर शाही , रिप बहादुर ओली, सीता ओली, बलबिर गाेसाई, महासमिति सदस्य तिलक    भण्डारी, उपसभापति  हर्कसिंह खत्री, सचिब परमेश्वर भण्डारी, महिला संघ रुकुमका अध्यक्ष मनिषा राेकाय, तरुण दलका अध्यक्ष लाेकन्द्र केसी, दलित संघका अध्यक्ष प्रविर ददेल, नेपाल बिद्यार्थी संघका अध्यक्ष लालबहादुर ओलीलगायतकाे उपस्थित रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *