मुसीकोटमा क्रिसमस ‘डे’को शुभकामना

रुकुम पश्चिमा क्रिसमस दिवशको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । बिहिबार मुसीकोट एजी चर्च परिवारको आयोजनामा खलंगामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागिहरुले क्रिसमस दिवशको अवसरमा एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । सहभागिहरुले यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नरेश खड्काले सञ्चालन गरेको कार्यक्रममा पाष्टर अविनाश बुढा मगरले ख्रीष्टमस शुभकामना सन्देश सुनाएका थिए । पास्टर जवाहरलाल पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ख्रीष्टिय समाजका केन्द्रिय सचिब मुकुन्द शर्मा, मुसीकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतम, नेपाली कांग्रेसका जिल्ला सह(सचिव यज्ञबहादुर विष्ट, नेकपा एमाले मुसीकोट नगरपालिका अध्यक्ष थलबहादुर ओली र नेकपा माओवादी केन्द्रका मुसीकोट नगरपालिका उपाध्यक्ष दलबहादुर खड्का लगायतले शुभकामना व्यक्त गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *