नेपाली काँग्रेसको १४ औं महाधिवेशनः रुकुम पश्चिमको ६ वटै स्थानीय तहमा नेतृत्व छनोट, पदाधिकारी सहितको विवरण

रेखदेख संवाददाता
असोज ११, रुकुम । नेपाली कांग्रेस रुकुम पश्चिमले सबै पालिकामा शनिबार अधिवेशन गरेको छ । कांग्रेसले शनिबार सबै ६ वटै स्थानीयतहमा प्रथम अधिवेशन गरेको हो । पालिका स्तरको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । मुसीकोट नगरपालिका बाहेक अन्य सबैमा स्थानीय तहमा सर्व सहमतीमा नेतृत्व चयन गरिएको छ । मुसीकोट नगरपालिकामा भने सहमति जुट्न नसक्दा चुनाव नै गर्नुपर्यो ।
मुसीकोटमा प्रेम ओली
मुसीकोट नगरपालिका गरिएको मतदानमा प्रेम बहादुर ओली विजयी भएका छन् । समिरजंग मल्ललाई पराजित गर्दै ओली सभापतिमा विजयी भएका हुन् । कुल २ सय ३७ मत खसेकामा ओलीको पक्षमा १ सय ६० मत खसेको थियो । भने मल्लको पक्षमा ६६ मत परेको थियो । त्यस्तै मुसीकोटमा सभापति सहित २ उप सभापति, २ सचिव र २ सह-सचिव गरी ७ पदमा मतदान भएको थियो । भने अन्य सदस्यहरु सर्बसहतिमा चयन भएका छन् । मुसीकोटमा भएको निर्वाचनबाट उपसभापतिमा लक्ष्मण शर्मा र तुलानसिंह बुढा, सचिवमा सूर्य प्रकाश शर्मा कालिबहादुर खड्का र सह-सचिवमा धुर्वविक्रम थापा र जयवबहादुर थापा निर्वार्चित भएका छन् । मुसीकोटमा ५८ सदस्यीय नयाँ कार्य समिति बनेको छ । भने केही मनोनित सदस्यहरुको टुंगो लाग्न नसकेको सभापति प्रेमबहादुर ओलीले जानकारी दिएका छन् ।
चौरजहारीमा प्रेमबहादुर ओली
चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली सर्वसम्मत रुपमा सभापति बनेका छन् । शनिबार नै ओलीका नाममा सहमति जुटेको थियो । त्यस्तै उपसभापतिमा गणेशमान डाँगी र प्रेमलाल आचार्य, सचिवमा लक्षमण ओली र कर्ण सिह ओली चयन भएका छन् । भने सह-सचिवमा गोपाल लामिछाने र प्रेम बोहरा र कोषाध्यक्षमा बलबहादुर बुढा चयन भएको नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिएका छन् । चौरजहारीमा ५२ सदस्य नयाँ कार्य समिति बनेको छ ।
आठविसकोटमा अमृत बोहरा
आठविसकोट नगरपालिकाको सभापतिमा अमृत बोहरा सर्वसम्मत सभापति बनेका छन् । शनिवार भएको आठविसकोट नगरपालिकाको नगर सभाले अमृत बोहराको सभापतित्वमा ७० सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो । जसमा उपसभापतिमा नन्दराम विष्ट र गोपिलाल जैसी, सचिवमा कपीलदेव शर्मा र अर्जुन केसी, सह-सचिवमा मनकुमारी वटाला र शेरबहादुर आरसी र कोषाध्यक्षमा नम्रता परियार चयन भएको जनाएको छ ।
सानीभेरीमा सन्तोष रोका
सानीभेरी गाउँपालिकामा सन्तोष रोकाको सभापतित्वमा ५२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपसभापति कमल ओली र गम्मरसिंह ओली, सचिवमा रामबहादुर खड्का र मोतिराम ओली सह-सचिवमा लोकेन्द्र बुढा र शैलेन्द्र बाँठा मगर चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा खीमा चन्द मल्ल सर्वसम्मत चयन भएका छन् ।
बाँफीकोटमा जेके बाँठा
नेपाली कांग्रेस बाँफीकोट गाउँपालिकाको सभापतिमा जनककुमार बाँठा चयन भएका छन् । शनिवार भएको नेपाली कांग्रेस बाँफीकोट गाउँपालिका सभाबाट जनककुमार बाँठा मगर सभापति बनेका हुन् । त्यस्तै उपसभापतिमा नन्दराम खत्री र धिरेन्द्रकुमार शाही, सचिवमा देवबहादुर कुसारी र पृथ्वी गिरी, सह-सचिवमा पूर्ण चन्द र छविलाल खत्री चयन भएका छन् । भने कोषाध्यक्ष पहिलो बैठकबाट मनोनित गरिने बाँफीकोट गाउँपालिकाका सभापति जनककुमार बाँठामगरले जानकारी दिएका छन् । बाँफीकोटमा ५७ सदस्यीय नयाँ कार्य समिति बनेको छ ।
त्रिवेणीमा दिपेन्द्र ओली
नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाको सभाापतिमा दिपेन्द्र ओली चयन भएका छन् । शनिवार भएको त्रिवेणी गाउँ अधिवेशनले दिपेन्द ओलीलाई सभापतिमा चयन गरिएको हो । त्रिवेणी गाउँपालिका नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश खड्का र इश्वरा ओली सचिवमा सन्तोष ओली र मुस्कान ओली सह-सचिवमा मेवालाल ओली र संञ्जन ओली चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा प्रेमबहादुर खत्री चयन भएको जनाएको छ ।
प्रदेश र जिल्ला अधिवेशनको मिति टुंगो लागेन
नेपाली कांग्रेसले वडा र स्थानीय तह अन्र्तगतको नेतृत्व चयन गरेपनि प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको टुंगो लगाउन सकेको छैनन् । केन्द्र केही जिल्लाहरुको क्रियाशिल सदस्यको विवादका कारण जिल्ला अधिवेशनको मिति टुंगो नलागेको हो । गत भदौ २३ गते रुकुम पश्चिमका ७३ वडाको वडाअधिवेशनबाट नेतृत्व चयन गरेको नेपाली कांग्रेसले स्थानीय तहको नेतृत्व चयन गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् । उनका अनुसार नेपाली काँग्रेसको निर्वाचन प्रदेश सभा अन्र्तगत र जिल्ला कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधीको अधिवेशन दशैं तिहारको बीचमा केन्द्रको निर्णय भएपनि मितीको टुंगो लागेको छैनन् । तर २१ वटा हिमाली जिल्लाको सन्र्दभमा असोज १५ गते देखी १८ सम्म निर्वाचन गरिसक्ने केन्द्रले निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *