करेन्ट लागेर घाईते छोराको उपचारमा सहयोग गर्न आमाको अपिल

रेखदेख संवाददाता
जेठ ३१, रुकुम ।
करेन्ट लागेर घाईते बालकको उपचारमा समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ का भरत पुरी र जानी पुन मगरका ८ वर्षिय छोरा नारायण पुरीको उपचारमा समस्या भएको हो ।
गत जेठ २२ गते वाख्रा चराउन गएका नारायण पुरीलाई सडक छेउमा थुपारिएको माटोबाट बाख्रा फकाउने क्रममा केन्द्रीय प्रशारण लाईनमा करेन्ट लागेको थियो । सडक निर्माण कम्पनीको लाप्रवाही कारण सडक छेउमा माटो थुपारिएकोले बालकलाई करेट लागेको आफन्तले जनाएका छन् ।

घाईते बालकको रुकुम पश्चिममा उपचार हुन नसकेपछि उपचार पुष्पलाल मेडिकल कलेज ललितपुरमा भईरहेको छ । बालकको उपचारमा दैनिक ३०÷४० हजार रुपैयाँ सम्म खर्च लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सस्या भएको आमा जानी पुनमगरले रेखदेखलाई जनाईन् । उनले भनिन,‘छोरोको उपचार झण्डै दई तिन महिना नै अस्पतालमा राख्ने र दैनिक धेरै खर्च हुने भएका कारण उपचाररमा समस्या भएको छ ।’

सडक निर्माण कम्पनीका कारण छोरालाई करेन्ट लागेर घाईते भएपनि कम्पनीले उपचारमा कुनै चासो देखाएको छैनन् । आमा जानि पुनले छोराको उपचारको लागि स्थानीय सरकारका साथै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अपिल गरेकी छिन् । ‘छोराको अप्रेशन हुँदैछ, आईतबार दाईने हात काटियो, अरु पनि अप्रेशनहरु हुने अस्पतालले जनाएको छ । जानी पुनमगरका श्रीमान मजदुर गर्न भारतमा रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको हो । बालकको उपचारको लागि सहयोग गर्न चाहानुहुने महानुभावले आमा जानी पुन मगरको मोवाइल नं. ९८६४३५३१६ ठुलावुवा धर्मराज पुरीको मोवाईल नं. ९८६६२३२१७२ मा फोन गर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *