भूम्या पर्वको अवसरमा दुई दिन विदा,सामाजिक दुरी कायम गरी मनाउन आग्रह
रेखदेख संवाददाता
जेठ ३१ रुकुम (पूर्व) । मगर समुदायको मुख्य पर्व भूम्या पर्वको अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकाले २ दिन स्थानीय बिदा दिने भएको छ । भुमे गाउँपालिकाको जेठ ३० गते बसेको भूमे गाउँ कार्यपालिकाले बैठकले पर्व मनाउन अघिल्ला बर्षहरु झै यस बर्ष पनि दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । भूम्या पर्वको अवसरमा जेठको अन्तिम दिन जेठ ३१ गते मसान्त र असार १ गते संक्रान्तिका दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारीदिएका छन् ।
उनले भने, जेठ ३१ गते र असार १ गते भूमे गाउँपालिका, सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, निजि तथा सामुदायिक बिद्यालयहरु, बैंक तथा बित्तिय सस्थाहरुमा बिदा हुनेछन् । पर्व मनाउँदा महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर मनाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ । यसका साथै सामुहिक नाचगान र जमजट नगरेर चलिआएको परम्परा बमोजिम पुजा मात्र गरेर भूम्या मनाउन गाउँपालिकाले पालिकावासीलाई अनुरोध गरेको छ ।

