रेखदेख साहित्यः अब कता जाने ?

शाई बैरागी मै बैरागी अब कता जाने
देउवाजीको शरणमा कती हावा खाने
के थियो र गल्ती हाम्रो कारवाही भोग्नुपर्ने
“पद्दती र विधि“ खोज्दा घोक्रयाई माग्नुपर्ने ।

 

न त हामले कहिल्यै दियौँ शिक्षातिर ध्यान
महामारी संग लड्ने आइन कहिल्यै ज्ञान
एउटै थिय‍ो लक्ष्य हाम्र‍ो केपी ओली फाल्ने
प्रचण्ड र देउवा मिली केपी सरकार ढाल्ने ।

 

खानुसम्म खाइयो गोता सकिएन फाल्न
अदालतको शरण परी सकिन्छ कि ढाल्न
पार्टी हाम्रो कता गयो देउवा हाम्रा नेता
प्रचन्ड हुन् हाम्रा गुरु यता जाउं कि उता ?

 

के छ कमरेट तपाइहरूक‍‍ो कस्त‍ो ह‍ोला लक्ष्य
एमालेमै जोवन वित्य‍ो कसको लिनु पक्ष्य
कता जाउँ कसो गरौँ हैरान भयौं हामी
केपीजीले याँक्न थाले गर्धन छामी छामी !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *