कोरोना रोग नियन्त्रणको लागि झण्डै ६ लाखको स्वास्थ्य सामाग्री वितरण

रेखदेख संवाददाता
जेठ १२, रुकुम ।
रुकुमको एक गैरसरकारी संस्थाले दुई गाउँपालिकामा झण्डै ६ लाख रुपैयाँको स्वास्थ सामाग्री वितरण गरेको छ । युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व कलस्टर (युएमएन र नेपाल जनजागरण मञ्च रुकुमको साझेदारीमा सञ्चालित सामुदायिक रुपान्तरण परियोजना अन्तर्गत रुकुम पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
कोरोना रोकथामका लागि आवश्यक पर्ने केही स्वास्थ्य सामाग्री २ लाख ९२ हजार र बर्थिङ सेन्टर व्यवस्थापनका लागि २ लाख ९० हजार रुपैयाँका सामाग्री गरी ५ लाख ८२ हजार रुपैयाँ बराबरका दुई गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सामुदायिक रुपान्तरण परियोजना कार्यक्रमका अधिकृत फत्या रिजालले जानकारी दिएका छन् ।
कोरोना रोकथामका लागि एन्टिजेन किट दुई सय, सर्जिकल मस्क २ हजार २ सय पिस, सेनिटाइजर ५ सय एमएलका ५०, एक सय एमएलका ४५, सोडियम हाइड्रो कोलोराइड ५ लिटरका ८, पीपीइ सेट ३५, डिस्पोजल पञ्जा ६ बक्स, एन नाइन्टी फाइफ मास्क ४०, बेस्ट क्वालिटी सर्जिकल मास्क ३५, हात धुनको लागि ड्रम १२ वटा सामाग्री हस्तान्तरण गरिएको रिजालले जनाएका छन् ।
कोरोना रोकथामका लागि अग्रपङ्तीमा खटिएर सुरक्षा गरिहनु भएका इलाक प्रहरी कार्यालय काँक्री र तकसेरालाई पनि संस्थाले केही स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ ।
यसैगरी कोरोना रोकथामका स्वास्थ्य सामाग्रीसँग भूमेका ९ र पुथाउत्तरगंगाका ३ गरी १२ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर व्यवस्थापनका सामाग्री हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *