काठमाण्डौबाट २९ जना यात्रु बोकेर रुकुम हिडेको बस नवलपरासीमा दुर्घटना
रेखदेख संवाददाता
जेठ ५, रुकुम ।
काठमाण्डौंबाट रुकुम हिडेको बस पश्चिम नवलपरासीमा दुर्घटना भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बर रिर्जव बस दाउन्नेको खुर्सानी खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिएका छन् । उनका अनुसार वस दुर्घटानाबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।काठमाण्डौबाट २९ जना यात्रुहरु मिलेर रिर्जव गरेको कमलताल यातायात प्रा.लि.का भागिराम सुनारले जनाए । उनले भने, रिर्जव भएका कारण गाडीमा को को सवार थिए भन्ने विवरण नभएको जनाए । गाडिमा बीच बीचमा यात्रुहरु थपिएको कारणले झण्डै ४० जना जति यात्रु रहेको उनको भनाई छ । बस दुर्घनाको थप विवरण आउन बाँकी रहेको छ ।

