ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते
रेखदेख संवाददाता
जेठ ३, रुकुम ।
रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका -७ दुलिंगा खोलामा ट्याक्टर दुर्घटना हुँदा बाँफीकोट गाउँपालिका वडा नं ५ बस्ने वर्ष १६ वर्षिय आशिष केसीको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरक्षक कपील शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार बाँफीकोट गाउँपालिका ७ बस्ने वर्ष १७ को विजय अधिकारी र ट्याक्टर चालक मुस्किोट नगरपालिका वड नंं ७ बस्ने बर्षिय २५ मानवहादुर बिकको घाईते भएका छन् । ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको थियो । ट्याक्टर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

