कोरोना नियन्त्रणका लागि रुकुमका राजनीतिक दलको सामुहिक प्रतिवद्धता
रेखदेख संवाददाता
जेठ २, रुकुम । रुकुम पश्चिममा क्रियाशील राजनीतिकदलहरूले कोरोना संकटलाई न्युनिकरण गर्न साझा रुपमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस रुकुम, नेकपा एमाले, नेकपा, जसपा, रा.जनमोर्चा र राप्रपाले कोरोना नियन्त्रणको लागि साुमहिक रुपम पहल गर्ने जनाएको छन् । जेठ ३१ गते बसेको राजनीतिदलहरुको बैठकले ११ बुद्धे निर्णय गरी सरोकारवाला सँगको सहकार्यमा कोरोना नियन्त्रणमा पहल गर्ने नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन् ।
जेठ २, रुकुम । रुकुम पश्चिममा क्रियाशील राजनीतिकदलहरूले कोरोना संकटलाई न्युनिकरण गर्न साझा रुपमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस रुकुम, नेकपा एमाले, नेकपा, जसपा, रा.जनमोर्चा र राप्रपाले कोरोना नियन्त्रणको लागि साुमहिक रुपम पहल गर्ने जनाएको छन् । जेठ ३१ गते बसेको राजनीतिदलहरुको बैठकले ११ बुद्धे निर्णय गरी सरोकारवाला सँगको सहकार्यमा कोरोना नियन्त्रणमा पहल गर्ने नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन् ।
कोरोना निययन्त्रणमा रुकुमका राजनीतिकदलहरुले गरेका नियर्णयहरु ।
विज्ञप्ति
मिति- ०१ जेष्ठ २०७८
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को नया भेरियन्टको बढ्दो संक्रमणबाट आमनागरिकको जीवन रक्षाका लागि यस जिल्लामा क्रियाशिल राजनैतिक पार्टीहरु अहोरात्र लागि रहेका छौ। यहि सिलसिलामा बैशाख २६ गते सर्वदलीय बैठक, २७ गते आ-आफ्नो पार्टीको आन्तरिक तथा बाह्य पंक्ति सङ्ग बस्तुस्थितिको एकिन सूचना तथा विवरण संकलन, २८ गते संकलित सुचना तथा विवरण हरुलाइ १६ बुदे ज्ञापनपत्र मार्फत जिल्ला प्रशासन कार्यालयमा पेश र २९/३०/३१ गते १६ बुंदे ज्ञापन-पत्र कार्यान्वयनका लागि सम्बन्धित पक्षसङ्ग छलफल तथा परामर्श सम्पन्न गरिएको छ। जुन कुनै मुल्यमा भए पनि जनताको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न र कोभिड-१९ का बिरुद्ध सबै सरोकारवाला पक्ष संग सहकार्य, सहयोग र सद्भाव राखेर जानको खातिर संयुक्त पार्टीको २०७८ बैशाख ३१ गतेको बैठक बाट लिइएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ।
१. कोभिड-१९ को महामारिबाट अल्पायुमा ज्यान गुमाउनु विवश हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित भै होम आइसोलेसन, आइसोलेसन र विभिन्न अस्पतालहरुमा उपचार गराइ रहनु भए सम्पुर्ण दाजु भाइ तथा दिदि बहिनीहरुको सिघ्रस्वास्थ लाभको कामना गर्दछौ।
२. “रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्दिमानी हुन्छ” भने झै। कोभीड-१९ को भयावह अवस्थालाइ हामि सबैले नजिक बाट देखी/भोगी रहेकाछौ। त्यसैले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जारी गरेको निषेधाज्ञाको पुर्ण अनुशासितपुर्वक कृयान्वयन गर्न, सके सम्म घर बाहिर ननिस्कन, निस्केपनी भौतिक दुरि कायम गर्न, अनिवार्य मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन र अत्यावश्यक जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालन गर्न आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ।
३. कोभिड-१९ को संक्रमण दिन #दुइ_गुणा_रात_चार _गुणा बढिरहेकोले हामि आफुले पनि सावधानी र सतर्कता अपनाउनु जरुरी छ। त्यसैले छरछिमेक, घर-परिवार, गाउँ टोलमा कोहि कसैलाइ कोभिडका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य कार्यालयमा गएर कोभिड परिक्षण गराउन र चिकित्सकको सल्लाह बमोजिम गर्न अनुरोध गर्दछौ। साथै अहिले #परिक्षण_नगर्ने, #आफुखुसि_औषधि सेवन गर्ने, #बिलम्ब भए पछि मात्र स्वास्थ्य संस्थामा आउने लगायतका लापरबाही र हेलचेक्राइ गर्ने कुराले जोखिम बढ्नुका साथै उपचार प्रक्रियामा पनि जटिल भएको हुदा रोग लुकाइ आफु लगायत घरपरिवार र समाजलाइ जोखिममा नपार्न बिनम्र अनुरोध गर्दछौ।
४. कोभिड-१९ को दोस्रो भेरियन्टको रोकथाम नियन्त्रण परिक्षण र उपचार सम्बन्धीका १६ बुदे ज्ञापनपत्रको कार्यन्वयनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (DCCMC) ले मिति २०७८ बैशाख ३० गते गरेको निर्णयप्रती धन्यवाद व्यक्त गर्न चाहान्छौ। जनसेवा र जनता बचाउन DCCMC लाई हाम्रो #संयुक्त_पार्टि_जिल्ला_सयंन्त्र_रुकुम_पश्चिम जस्तो सुकै सहयोग गर्ने पुनःप्रतिबद्धता गर्दछौ।
५. कोभिड-१९ तिब्र संक्रमणले १३ जना नागरिकको ज्यान जादा र ७ सयको हाराहारीमा संक्रमित हुदा सम्म #आवगमन_नियमन, #संस्थागत_क्वारेन्टाइन, #आइसोलेसन , #होम_आइसोलेसन, #अक्सिजन लगायतका अन्य #अत्यावश्यक_औषधि व्यवस्थापनमा चासो नदिनु , #भएका_एम्बुलेन्सको आग्रहिरुपमा मात्र प्रयोगमा ल्याउनु, #थप_एम्बुलेन्स र शब बाहनको व्यवस्थापन नगर्नु, तोकिएको #जनस्वास्थ्य_मापदण्डको पालना गर्न/गराउन मा कुनै तदारुकता नदेखाउनु, बेला बेला जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिती (DCCMC) ले गरेका निर्णय कार्यान्वयनमा बेवास्ता गर्नुका साथै #भिडभाड_हुने_कार्यक्रमको आयोजना गरेर अवेज्ञा गर्नु र #संक्रमणको_सांङ्लो_तोड्न_कन्ट्याक्ट_ट्रेसिङ गर्न, #संक्रमितहरुको_उपचारमा_उत्तरदायी नहुनु लगायतका गैरजिम्मेवार प्रवृत्ति र लापरबाहीजन्य कार्यको हामी संयु]क्त सयंन्त्र पार्टी खेद व्यक्त गर्दछौ।
६. संक्रमणको उच्च जोखिमका बिचबाट पनि साधन स्रोतको अभाव र विविध समस्या र संकटका बाबजुद जनताको जीवन रक्षार्थत: दिलोज्यान समर्पित डाक्टर नर्स ल्याव टेक्निसियन फर्मासिस्ट लगायतका प्राविधिक तथा अप्राविधिक #स्वास्थ्यकर्मी_सुरक्षाकर्मी_र_संचारकर्मीमा उच्च सम्मानका साथ हार्दिक अभिवादन सहित अभिनन्दन गर्दै धन्यवाद ज्ञापन गर्दछौ । र पहिलो चरण खोप लगाएकाहरुको हकमा दोस्रो चरणको खोप व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउदछौ।
७. कोभिड-१९ को #महामारी_नियन्त्रण_रोकथाम #जोखिम_न्यूनीकरण_द्रुत_तथा_व्यापक_परिक्षण र भरपर्दो उपचारको साथ साथै दैनिक जनजिबिकालाई सहज र सरल बनाउन निम्न बमोजिम निर्णय लिइएको छ।
क- #यातायात_एम्बुलेन्स_हवाइ सेवा_अक्सिजनको नियमित आपूर्तिमा सहज #अत्यावश्यक_औषधिको प्रबन्ध, दैनिक उपभोग्य बस्तुको सन्तुलित तथा सरल वितरण, कृषिजन्य सामाग्रीको उपलब्धता लगायतको लागि जिल्ला स्तरमा तपसिलको टिम गठन गरिएको छ।
१.प्रेम प्रकाश ओलि (नेपाली कांग्रेस)
२.टंक प्रसाद ओलि (नेकपा-एमाले)
३.नरेन्द्र वि.क. (नेकपा)
४.प्रशाराम खत्री (जसपा)
५.गिरि प्रसाद बुढा (रा.जनमोर्चा)
६.सुधिर बिक्रम शाह (राप्रपा)
ख- जिल्ला जस्तै पालिका स्तरमा पनि सर्वदलीय सयंन्त्र बनाइ सोही अनुरुप सक्रिय हुनेछ।
ग- होम-आइसोलेसन र कोभिड बाहेकका अन्य स्वास्थ्य समस्याको लागि फोन कल र घर मै गएर वा आफ्नो स्वास्थ्य संस्था मार्फत निशुल्क (औषधि बाहेक) सेवा उपलब्ध गराउन निम्न बमोजिम टिम गठन गरिएको छ।
डा. दिपक पुन ९८४१४६२८७९
डा. यज्ञ प्रसाद बि.सि ९८६६१७०६७७
शुष्मा घर्ती (नर्स) ९८४१४९८४६९
रिना राई (नर्स) ९८४८९६००००
सपना घर्ती (नर्स) ९८२३७८८७७६
घ- #साबधानी_सतर्कता_र_सचेतना पनि कोभिड-१९ विरुद्धको एउटा सशक्त हतियार भएको हुदा जिल्ला विभिन्न संचारमाध्यबाट जनस्वास्थ्य मापदण्ड पालनाको लागि व्यापक प्रचार प्रसार र जनचेतनामूलक सन्देश प्रभावकारीरुपमा प्रसारण गर्ने।
८. बजेट अभाव देखाइ जनताको जिउ ज्यानको रक्षा गर्ने दायित्वबाट भाग्ने #स्थानिय_तह_र_अन्य_सरकारी निकायको रवैया खेदजनक छ। जनता बाचे भने #बाटोघाटो_ पुलपुलेसा लगायतका विकास निर्माणका कार्यहरु पछि जत्ति नि गर्न सकिन्छ। त्यसैले #बित्तीय_अनुशासन र #आर्थिक_कार्यविधि पालना र #पारदर्शी कायम गर्दै अन्य योजना र कार्यालयको बजेटलाइ रकमान्तर गरेर भए पनि जनता बचाउन ठोस कदम चाल्न बिशेष निर्देशनात्मक अनुरोध गर्दछौ।
९. जिल्ला स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिमले #कोरोना_परिक्षण नगर्ने मिति २०७८ बैशाख ३१ गते निकालेको सूचना प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। परिक्षणको दायरालाइ फराकिलो पारेर संक्रमणको साङ्लो तोड्नु पर्ने बेला यस्तो सुचना निस्कनु दु:खद छ। त्यसैले परिक्षण नियमित र सुचारु गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालय अनुरोध गर्दछौ र जिल्ला स्वास्थ्य सेवा कार्यालयलाइ थप सहयोग उपलब्ध गराउन #स्थानिय_प्रदेश_तथा_केन्द्र_सरकारलाइ बिशेष ध्यानाकर्षण गराउद छौ।
१०. जनताको बाच्न पाउने अधिकार सुनिश्चितताको लागि अर्थ र औचित्य पुष्टि हुने गरि “#स्वास्थ्य_संकटकाल” लगाएर भए पनि अगाडि बढ्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिती (DCCMC) लगायतलाई बिशेष अनुरोध गर्दछौ।
११. अक्सिजन, औषधि, बेड र आवश्यक जनशक्तिको अभावले दिन प्रतिदिन स्थिति झन भयावह हुदै गरेको विषम परिस्थितिमा देश विदेशमा रहनु भएका रुकुमेली उधोगी व्यापारी कर्मचारी समाजसेवीमा अर्जुण भण्डारी (हाल काठमाडौ), पुर्ण थापा (कतार), लक्ष्मण ओलि (हाल रोल्पा) लगायतले संचालन गर्नु भएको “कोरोना विरुद्ध अभियान रुकुम पश्चिम” लाई सक्दो आर्थिक भौतिक सहयोगका लागि बिनम्र अपिल गर्दछौ।
नोट:- प्रेम प्रकाश ओलि ( ९८५११७६४५५ नन्दराम देवकोटा (९८४४९२५८७९) नरेन्द्र वि.क. (९८५११४०३०२) गिरिप्रसाद बुढा (९८४७८५२६१९) प्रशाराम खत्री (९८५७८२७००१) सुधिर बिक्रम शाही ( ९८५१०३२८६१)
प्रेम प्रकाश ओलि टंक प्रसाद ओलि नरेन्द्र वि.क.
सभापती अध्यक्ष जि.का.स.
नेपाली कांग्रेस नेकपा (एमाले) ने.क.पा.
प्रशाराम खत्री गिरि प्रसाद बुढा सुधिर बिक्रम शाही
ज.स.पा. रा.ज.मो रा.प्र.पा.

