रुकुम मालपोतमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना संक्रमण

जेठ १४, रुकुम
रेखदेख संवाददाता ।
जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना ३४ वर्ष र २३ वर्षका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका फोकल पर्शन इश्वर रावलले जानकारी दिएका छन् । उनका अनुसार दैनिकजसो विरामीहरुको चाँप बढन थालेको छ ।
पछिल्लो समय जिल्लामा कोरोनाको संक्रमण वढ्न थालेपछि जिल्लामा रहेका सरकारी कार्यालयहरु एक हप्ताको लागि अत्याधिक सेवा बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गर्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् ।
रुकुम जिल्लामा हालसम्म ३३ जना संक्रमित रहेको छन् । जसमध्ये १ जनाको मृत्यु ३ जनाको थप उपचारको लागि पठाएको छ । त्यस्तै ४ जना जिल्ला अस्पतालमा उपचार गराई राखेका छन् । भने बाँकी २५ जना होम आइसोलेशनमा रहेका छन् । सोमबार बसेको मन्त्रि परिषदको बैठकको निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेअनुसार विद्यालय बन्द गरिएको प्रजिअ गैह्रेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *